कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
माघ १४, २०७७
नेपालमा कोभिड– १९ विरुद्धको खोपको बुधवार शुभारम्भ गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित विशेष समारोहबीच कोभिडविरुद्धको खोपको शुभारम्भ भएको घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले खोप अभियान शुभारम्भ गरेलगत्तै देशका विभिन्न भागमा खोप लगाउन शुरू गरिएको छ ।
बुधवार १ सय ३० स्वास्थ्य केन्द्रबाट ११ हजार व्यक्तिलाई खोप लगाइने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानमा शुरू भएको खोप कार्यक्रमको भिडियो अवलोकन गरेका थिए ।
त्रिवि शिक्षण अस्पतालमा निर्देशक दिनेश काफ्ले, टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले लगायतले खोप लगाएका छन् ।
अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ विरुद्धको लडाईंलाई माथि उठाएको बताए ।
नेपालका लागि गएको एक वर्ष अत्यन्त कठीन भएको ओलीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालले सोचेभन्दा छिटो समयमा कोभिड– १९ विरुद्धको खोप लगाउन शुरू गर्न सकिएको बताए ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप विश्वकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट इन्डियाले उत्पादन गरेको जानकारी गराए ।
भारत सरकारले नेपाललाई माघ ८ गते कोभिशिल्ड खोपको १० लाख डोज उपलब्ध गराएको थियो ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...