×

NMB BANK
NIC ASIA

चारजना पूर्व प्रधानन्यायाधीशविरुद्धको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्चमा दर्ता

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध पेश गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा बुधवार दर्ता भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् । मंगलवार नै निवेदन दिएपनि बुधवार मात्र रिट दर्ता भएको हो । न्यायिक आचरणविपरीत पूर्व प्रधानन्यायाधीशहरूले विज्ञप्ति जारी गरेको भन्दै चर्को आलोचना भएको थियो । 


Advertisment
Nabil box
Kumari

रिट निवेदकले पूर्व प्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दामा वक्तव्य जारी गरेर हस्तक्षेप गरेको जिकिर गरेका छन् । 

Vianet communication
Laxmi Bank

मंगलवार पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

ढुंगानाले संविधानको भावनाविपरीत सर्वोच्चले प्रतिनिधि सभा विघटनको फैसला गरे न्यायाधीशलाई सडकबाट तान्ने अवस्था आउने अभिव्यक्ति दिएका थिए । 

सर्वोच्चमा मंगलवार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति लक्षित गर्दै वृद्ध वकिललाई अदालतमा लगेर ‘तमासा’ गरेको भन्ने ओलीको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दर्ता गरेका हुन् । 

प्रधानमन्त्री ओलीले भने आफूले भण्डारीलाई अपमान गर्नेगरी केही नबोलेको सोमवार दाङमा आयोजित कार्यक्रममा बताएका थिए । 

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा प्रधानमन्त्रीविरुद्ध अवहेलनाको मुद्दा चलाउन माग भएपनि जबराले पूर्वप्रधानमन्त्रीहरूले समेत बोलिरहेकाले कति जनालाई तान्ने भनेर प्रश्न गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x