×

NMB BANK
NIC ASIA

'खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्ध निःशुल्क खोप'

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ ।  

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका हुन् । उनले खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“कोही पनि खोप लगाउनबाट वञ्चित हुनुहुन्न, खरीद गरेरै भए पनि संवेदनशीलताको आधारमा निःशुल्क वितरण गरिनेछ”, प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि आवश्यक बजेटको तर्जुमासमेत भइसकेको छ ।” शुभारम्भ भएसँगै सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ । ती सबै अस्पताल प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए । कार्यक्रमको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले खोप अभियानका विषयमा दिएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सन्देशलाई मार्गनिर्देशनका रुपमा लिएर कार्यान्वयन गर्दै जाने बताए । उनले नेपालमा कोभिडविरुद्ध सक्रिय सबैप्रति आभार प्रकट गरे । 

Vianet communication
Laxmi Bank

उक्त समारोहमा प्रधानमन्त्री ओलीले नेपालीको जीवन रक्षाका लागि यथाशीघ्र खोप उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त  गरे ।

कोरोनाविरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्दै प्रधानमन्त्री ओलीले खोपले नागरिकको प्रतिरोध क्षमता बढोस् भनी कामना गरे । उनले खोप खेर जान नहुनेमा पनि जोड दिए । 

प्रधानमन्त्रीले छिट्टै  खोप लगाउन शुरुआत गर्न पाएकामा खुशी व्यक्त गर्दै आफूले शुरु गरेको हप्ता दिनभित्रै १० लाख मात्रा उपलब्ध गराएकामा भारत सरकार, भारतीय जनता र मुख्यगरी भारतीय समकक्षी नरेन्द्र मोदी तथा खोप निर्माणमा लाग्ने वैज्ञानिकलगायतलाई धन्यवाद दिए ।  

उनले अहिले प्राप्त खोप अपुग हुने भएकाले अन्य देश र  अन्तरराष्ट्रिय संस्थासँग खोपका लागि समन्वय भइरहेको जानकारी दिँदै भारत सरकारसँग उचित मूल्यमा थप खोप ल्याउने विषयमा कुराकानी भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले शुरुमा एक ठाउँमा पनि परीक्षणस्थल नभएकामा अहिले ८२ स्थानमा २५ हजारभन्दा बढीलाई दैनिक सेवा दिन सक्ने बन्नु महत्वपूर्ण उपलब्धि भएको बताउँदै भने, “अहिलेसम्म कोभिड अस्पताल निर्माणमा लागेका थियौँ, अब त्यसलाई रोक्नुपर्नेछ, अब विगतमा झैँ कोभिड–१९ बढ्दैन तर सावधानी अपनाउने कुरामा भने ध्यान दिनैपर्छ ।”

प्रधानमन्त्री ओलीले नेपालका पूर्वजले रोगका सम्बन्धमा वैज्ञानिकस्तरकै जैविक प्रचलन अघि बढाएको स्मरण गरे । कोरोनाकालमा जीवनसँग प्रकृति, वन्यजन्तु तथा चराचर जगत्सँगको सम्बन्धलाई पुनःपरिभाषित गरेको बताउँदै प्रधानमन्त्री ओलीले यसले प्राकृतिक चिकित्सा पद्धति र जडीबुटीको प्रयोगतर्फ समाजलाई सचेत गराउने र फर्काउने काम गरेको स्मरण गरे । 

प्रधानमन्त्री ओलीले कोरोनाले सङ्कटमा कसरी जोगिने भनेर अमूल्य शिक्षा दिएको समेत बताउँदै भने, “अर्थतन्त्रलाई धक्का लाग्दा पुनःनिर्माणलगायतका काम कसरी गर्न सकिन्छ भन्ने पनि यसले सिकाएको छ ।”

उनले रोग र भोगबाट मानिसलाई बचाउन सकियो भने सिर्जनशील मानिसले पुनःउत्थान त आफैँले गरिहाल्छन् भन्दै पहिलो कुरा जनताको जीवन बचाउनु नै महत्वपूर्ण रहेको र सरकार जीवन जोगाउने कुरामा गम्भीर रहेको स्पष्ट गरे । 

उनले नेपालीमा रोगसँग लड्ने क्षमता उच्च रहेकाले नै मृत्युदर कम भएको जिकिर गरे । नेपालमा हाल शून्य दशमलव ७ प्रतिशत मृत्युदर  छ । निको हुने दर भने ९८ प्रतिशत पुगेको छ । लाखाँै बिरामी भए पनि धेरै देशका तुलनामा नेपालमा प्रभावकारी काम भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।  त्यसो भन्दैमा स्वास्थ्य मापदण्डलाई भने विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

उनले रोगसँग लडिरहेकाको स्वास्थ्यलाभको कामना गर्दै निधन भएका परिवारप्रति समवेदना प्रकट गरे । उनले हिजो सावधानीभन्दा त्रास बढी रहेको तथा परिवार र साथीभाइ पनि कोभिडको संवाहक देखिने गरेकामा परिस्थिति फेरिएर अहिले नेपाली बढी सतर्क रहेको र भयावह स्थिति नरहेको प्रष्ट्याए ।  खोपमा मात्रै भर नपर्न पनि प्रधानमन्त्री ओलीले  सुझाव दिए ।  

उक्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज १२ हजार नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी दिए । उनले पहिलो चरणको अभियान १० दिनसम्म जारी रहने बताउँदै २८ दिनपछि खोपको दोस्रो मात्रा लगाइने जानकारी गराए । 

नेपालमा कोभिड–१९ को सङक्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाएका हुन् । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोरोना देखिएको थियो । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा खोप नेपाल आएको हो ।

पहिलो चरणमा नेपालमा चार लाख ३० हजारलाई खोप प्रदान गरिनेछ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

पहिलो  चरणमा खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका,अन्तरराष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् । नारायण ढुङ्गाना​,रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x