×

NMB BANK
NIC ASIA

अधिकारीको सभापतित्वमा उद्योग वाणिज्य महासंघले विस्तार गर्‍यो चलचित्र तथा मनोरञ्जन फोरम

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

फोरमका सह–सभापतिहरूमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर चुनिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोरमका सदस्यहरूमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्र कुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, चलचित्र निर्देशक मदन घिमिरे, नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगित तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली छन् । 


Advertisment
Nabil box
Kumari

फोरममा आमन्त्रित सदस्यहरूमा नेपाल बोटल वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुभाष भण्डारी, चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, नायिका नीता ढुंगाना, हास्यकलाकार केदार घिमिरे, चलचित्र नृत्यकार संघका निवर्तमान अध्यक्ष दिनेश प्राखिन, लोक गायिका प्रस्तोता मञ्जु पौडेल, रचना श्रेष्ठ, चलचित्र निर्देशक प्रदीप श्रेष्ठ, लेखक एवं पत्रकार सामिप्त तिमल्सिना, कलाकार धर्मेन्द्र आचार्य, नायिका पवित्रा आचार्य, कलाकार, लेखक दिप्त प्रकाश अधिकारी, नेपाल उल फेल्ट प्रड्युसर एण्ड एक्सपोर्टका अध्यक्ष अमृत खड्का, चलचित्र सम्पादक शिव पुरी, व्यवसायी खुशल रेग्मी, गीतकार लोकराज अधिकारी, गायक मेघराज मगराती, कलाकार सुशान्तकुमार श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका सदस्य चेतन सापकोटा र फुटवेयर एसोसिएनबाट राजन श्रेष्ठ छन् । 

Vianet communication
Laxmi Bank

त्यसैगरी फोरमका सल्लाहकारहरूमा वरिष्ठ कलाकार एवं महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य निर विक्रम शाह, गीतकार एवं वरिष्ठ चिकित्सक डा. भोला रिजाल, प्राध्यापक एवं चलचित्र निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यद्वय कमला श्रेष्ठ र प्रेमाराज्य लक्ष्मी सिंह छन् । 

उक्त फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि मुलुकको कला संस्कृति भनेको त्यस देशको सवैभन्दा बलियो निधि भएको बताए । अध्यक्ष गोल्छाले समग्र चलचित्र र यससंग जोडिएका अन्य व्यवसायलाई सम्मानित ढंगबाट अगाडी लैजान र सम्पूर्ण कलाकार, गीतकार, सर्जकहरुको संरक्षणमा काम गर्न समेत फोरमलाई आग्रह गरे ।

चलचित्र तथा गित संगित उद्योगले आयात गर्ने उपकरणहरूमा राज्यले विशेष छुट दिनुपर्नेमा अध्यक्षको जोड थियो । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै अध्यक्ष गोल्छाले यस क्षेत्रलाई अझबढी सम्मानित क्षेत्रको रूपमा स्थापित गराउने कार्यमा फोरमले विशेष भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको बताए । 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी रहनु भएको कार्यक्रममा उपाध्यक्ष अंजन श्रेष्ठले नेपाली चलचित्र तथा गीत संगित क्षेत्रलाई अर्थतन्त्रको मूल हिस्सा बनाउनेतर्फ हाम्रो प्रयास हुनुपर्नेमा जोड दिँदै विशेष गरी श्रष्टा र सर्जकहरूको संरक्षण गर्न फोरमले कार्य गर्नेमा आफू विश्वस्त रहेको र त्यसमा आफ्नो तर्फबाट पनि सहयोग हुने विश्वास दिलाए । 

तत्पश्चात सभापति अधिकारीको अध्यक्षतामा बसेको बैठकले चलचित्र उद्योगले राष्ट्रिय मान्यता प्राप्त उद्योगको रुपमा समेटिएकाले समग्र चलचित्र तथा गीत संगित क्षेत्रको विकासका लागि सरकारले दिनुपर्ने सहयोग लगायतका विषयमा सुझाव संकलन गरी सरकारमा पेश गर्ने, विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत सम्बन्धित देशहरूमा नेपाली चलचित्र, गित संगितको प्रवद्र्धन, रोयल्टी तथा कपीराइट संरक्षण लगायतका विषयमा काम गर्ने निर्णय गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x