×

NMB BANK
NIC ASIA

अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले मुलुक ताजा जनादेशतर्फ अगाडि बढिसकेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

अनुशासित र मुलुकलाई स्थायित्व दिनको लागि आउँदो वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुलुक लागिसकेको पौडेलले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिद्धार्थ राजमार्गको बुटवल चिडियाखोला गोलपार्क सडक बिस्तारको बुधवार शुरू गर्दै अर्थमन्त्री पौडेलले भने, ‘आफ्नै पार्टीबाट सरकारलाई छापामार शैलीमा नेताहरुले अविश्वासको प्रस्ताव बोकेर हिँडे । जसले कारण मुलुकमा अस्वभाविक परिस्थिति सृजना हुँदा सरकारलाई व्यवधान भयो । त्यसैले सरकारले निर्वाचनतर्फ लागेको हो । अब ताजा जनादेशका लागि जनतालाई अग्रसर बनाउँदै हामी अगाडि बढ्दैछौं ।’ 


Advertisment
Nabil box
Kumari

पौडेलले बुटवलमा महत्वपूर्ण विकासका आयोजनाहरु कार्यान्वन हुँदै गएकोले  आधुनिक सहरको रुपमा विकास हुने बताए । ‘बुटवल नारायणगढ छ लेन सडक, सिद्धबाबाको सुरुङमार्ग, बुटवल पश्चिम धानखोलासम्मको बनाउने छ लेन सडक र बुटवल बेलहिया व्यापारिक मार्गको केन्द्रमा रहेको बुटवल आधुनिक सञ्जालसँग जोडिएर नमूना सहर बन्दैछ,’ पौडेलले भने । 

Vianet communication
Laxmi Bank

पौडेलले आउँदो पाँच/सात हप्ताभित्रै सिद्धबाबामा निर्माण गर्न थालिएको सुरुङमार्गको टेन्डरको प्रक्रिया अगाडि बढने पौडेलले जानकारी दिए । त्यस्तै उनले यस क्षेत्रकै महत्वपूर्ण मानिएको कालिगण्डकी तिनाउ डाइभर्सनको डीपीआरको काम पनि यही वर्षभित्र सकिने बताए । 

बुटवल बजार क्षेत्रको सडक विस्तारले यहाँको मुहार उज्यालो हुने बताए । ‘सडक विस्तारको काम अगाडि बढाए पनि लामो समय रोकिँदा कुरुप बनेको बुटवलको अनुहार सडक निर्माण पूरा भएपछि आधुनिक सहर र उज्यालो हुनेछ ।’

पौडेलले तोकिएकै समयमा सडक निर्माण सम्पन्न हुनेमा आशा व्यक्त गरे । 

यहाँको सडक विस्तार गर्न बुटवलबासीले ठूलो त्याग गरेको उनीहरुको प्रशंसा व्यक्त गदै पौडेलले रुपन्देही तीब्र शहरीकरण हुँदै गएको यहाँका सडक साँघुरा र ट्राफिक समस्या देखिन थालेको फराकिला सडक अनिवार्य भएको बताए ।

उनले सडकभित्र पर्ने संरचना हटाएर घरधनीले विकासको अभियानलाई आत्मसाथ गरेकोमा खुसी व्यक्त गरे । 

बुटवलको सडक विस्तारको ठेक्का रकम ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । सडक आउँदो २०७९ वैशाख ३१ गते निर्माण पूरा गर्ने सम्झौता रहेको बुटवल बेलहिया सडक विस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले जानकारी दिए ।

सडक निर्माणको ठेक्का द कञ्चनजङ्घा विरुवा जेभी काठमाडौंले लिएको छ । सडक विस्तार आयोजनाका ठेकेदार सुवित श्रेष्ठले खानेपानी र विद्युतले अवरोध नभए सडक तोकिएको समय अगाडि नै निर्माण पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x