×

NMB BANK
NIC ASIA

बहस लम्बिँदै गएपछि प्रधानन्यायाधीशको आग्रह : 'अब १०/१५ मिनेट भन्दा दिन सकिन्न, हठ नगर्नुहोला'

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा दायर भएका रिट सुनुवाइका क्रममा अधिवक्ताहरूबाट एउटै खालको बहस हुन थालेपछि न्यायाधीशहरू आजित पर्न थालेका छन् । उनीहरूले रिट निवेदकका तर्फबाट बहस गरिरहेका वकिललाई बारम्बार समय छोट्याउन आग्रह गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार रिट निवेदक देव गुरुङका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई न्यायाधीश सपना मल्ल प्रधानले 'बहस कहिलेसम्म सकाउने हो ?' भन्दै प्रश्न गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ अधिवक्ता केसीले हिजोदेखिको आफ्नो बहस आजको सुनुवाइमा पनि जारी राखेका थिए । समयका बारेमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पनि बारम्बार चासो व्यक्त गर्ने गरेका छन् । बुधवार उनले भने, 'अब तपाईंहरुलाई १०/१५ मिनेट भन्दा बढी समय दिन्नौं, हठ नगर्नुहोला ।’


Advertisment
Nabil box
Kumari

केसीले प्रतिनिधि सभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीसँग नरहेको भन्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बोली फेरेको दाबी गरेका थिए । केसीको यस्तो भनाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेम्वाङको कुरा बेन्चले टिपोटमा राखिसकेको बताए ।

Vianet communication
Laxmi Bank

केसीपछि अर्का वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस गर्न आए । संग्रौलाले यदि अहिले प्रतिनिधि सभा विघटनलाई अदालतले सदर गरिदिएमा प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुने खतरा रहेको भन्दै बहस गरे ।

'हाम्रो संविधानले आवधिक निर्वाचनको परिकल्पना गरेको छ, मध्यावधी होइन,' बहसका क्रममा वरिष्ठ अधिवक्ता संग्रौलाले भने, 'संसद पुनर्स्थापना भएन भने प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष लेखिएको भए पनि वास्तविक कार्यकाल २ वर्षको हुनेछ । यसपछिका प्रधानमन्त्रीहरूले पनि चाहेका बेलामा प्रतिनिधि सभा विघटन गर्ने बाटो खुल्नेछ ।'

संग्रौलापछि निवर्तमान सांसदसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेल बहसका लागि आएका थिए । उनी नेकपाको प्रचण्ड-नेपाल समूहमा आबद्ध छन् ।

वरिष्ठ अधिवक्ता संग्रौलापछि अर्का वरिष्ठ हरिहर दाहाल बहसका लागि आए । उनले पनि संविधानको धारा ७६ मा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने प्रावधान राखिएको उल्लेख गरे । दाहालको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर आजको सुनुवाइ भोलिसम्मका लागि स्थगित गरिएको थियो ।

सुनुवाइ स्थगित हुनुभन्दा अगाडि प्रधानन्यायाधीश जबराले पुनः समयको प्रसंग ल्याए ।

उनले भने, 'न्याय ढिलो हुनु भनेको न्याय नहुनु जस्तै हो भन्ने भनाइ छ । यसरी विद्वानहरूले बहसका लागि समय धेरै लिँदै जाने हो भने त ढिलो हुन्छ । अब विद्वानहरूलाई १०/१५ मिनेट भन्दा बढी समय दिन सकिन्न । तपाईंहरूले पनि हठ नगर्नुस् ।'

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा १३ वटा रिटमाथिको सुनुवाइ चलिरहेको छ । माघ ४ गतेबाट चलिरहेको निरन्तरको सुनुवाइमा अहिलेसम्म करीब २ दर्जन वकिलहरूले रिट निवेदकका तर्फबाट बहस गरिसकेका छन् ।

कतिपय वरिष्ठ अधिवक्ताहरूले बहसका क्रममा घन्टौं समय लिइदिने गरेका छन् भने कतिपयले थोरै समयमै आफ्नो कुरा राखेर निस्किने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x