सेनाद्वारा बहुपयोगी भवन हल हस्तान्तरण

भरतपुर महानगरपालिका–२२ मा नेपाली सेनाले निर्माण गरेको बहुपयोगी भवन हल स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ ।

सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत सैनिक नागरिक सम्बन्धलाई प्रभावकारी बनाउने क्रममा बटुकदल गणद्वारा उक्त  बहुपयोगी भवन हल निर्माण  गरिएको हो ।


Advertisement

सेनाको मध्य पृतना पृतनापति उपरथी ताराध्वज पाण्डेले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई उक्त हल हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले  जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रममा प्रमुख दाहालले प्राकृतिक जोखिममा रहेका बोटे समुदायलाई उद्धार गरी सुरक्षित स्थानमा राख्न तथा अन्य सामाजिक र सामूहिक कार्यक्रमका लागि भवन हल निकै उपयोगी सावित हुने विश्वास व्यक्त गरे । उक्त भवन हलमा विपद्का समयमा एकपटकमा करिब ६८ जनासम्मले आश्रय लिनसक्ने बताइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्