×

NMB BANK
NIC ASIA

पत्रपत्रिका पहिलो पेज

जेलबाटै आलमको आतंक, कोभिडविरुद्धको खोप लगाउन कहिले कसको पालो ?

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बिहीबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको सहित विभिन्न समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले कोरोनाविरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार ९ हजार ७४२ जनाले खोप लगाएको खबर छापेको छ । समाचारमा प्रधानमन्त्रीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप लगाइसक्ने भनि घोषणा गरेको पनि उल्लेख छ  । पत्रिकाका अनुसार सबै नेपालीलाई चार चरणमा खोप लगाइन्छ।

Sagarmatha Cement
Muktinath Bank

  पहिलो चरणमा स्वास्थ्य र सामाजिक समूह (३ प्रतिशत अर्थात ९ लाख ११ हजार ९४२ जना), दोस्रो चरणमा ५५ वर्षमाथि,४०–५४ उमेर समूहका दीर्घरोगी र प्रवासमा दीर्घरोगी कामदारसहित (१७ प्रतिशत अर्थात ५१ लाख ६४ हजार २६९ जना), तेस्रो चरणमा ४०–४५ वर्ष उमेर (९.५५ प्रतिशत अर्थात २९ लाख १ हजार १०४ जना) र अन्तिम चरणमा १५–३९ वर्ष समूह (४२.७ प्रतिशत अर्थात १ करोड २७ लाख ८० हजार ४८  जना) लाई खोप लगाइनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कान्तिपुर दैनिकमै ‘अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न अवहेलनाको अस्त्र’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक स्तरमा आवाज बुलन्द हुँदै गएको बेला त्यसलाई निरुत्साहित गर्न चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अदालतमा निवेदन दर्ता भएको उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

कान्तिपुर दैनिकमै जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको समाचार छापिएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताको जिकिर रहेको खबर छापेको छ । सर्वोच्चमा चलिरहेको बहसका क्रममा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर गरे ।
नागरिक दैनिकमै खोप पाएपछि स्वास्थ्यकर्मीहरूमा खुसीयाली छाएको समाचारका साथै सरकार गम्भीर नभएर अभियानका क्रममा अनेकन चुनौति रहने आशयको समाचार पनि छापिएको छ । यस्तै नागरिकले ‘आशाको आरम्भ’ शीर्षकको सम्पादकीय समेत छापेको छ ।

Vianet communication
Laxmi Bank

नागरिकमै ‘मुलुक फेरि अँध्यारोतर्फ उन्मुख’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा भनिएको छ–प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा राजनीतिक दलहरु सडकमा पुगेका छन् । वैशाखमा निर्वाचन भएन भने असारसम्म लम्ब्याउन सकिन्छ तर प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र निर्वाचन नभए के हुन्छ ? प्रधानमन्त्री केपी ओलीले राजीनामा पनि नदिने र चुनाव पनि नगराए त्यसपछिको अवस्था कस्तो होला ?’

जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा मंगदलबार साँझ भएको आगलागीबाट २६ घर जलेको खबर अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार छापेको छ । सो ठाउँमा रहेकामध्ये आगलागीबाट ४–५ वटा घरमात्रै जोगिएको समाचारमा उल्लेख छ । उक्त घटनाका कारण १६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा पनि मरेका छन् । सँगै धेरैे खरायो र कुखुरा मरेका छन् । एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायाले बताए ।

अन्नपूर्ण पोस्टमै नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकताको राष्ट्रिय अभियान घोषणा गरेका छन् । गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र प्रचण्डलाई मिलाउने ताकत आफूसँग रहेको दावी गरेका छन् ।

सरकारी अखबार गोरखापत्रले खोप अभियानले आम नागरिकमा उत्साह जागेको भन्दै मुख्य समाचार छापेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको खोप अभियान सुरु भएपछिको सन्देशलाई पनि पहिलो पृष्ठमै छापिएको छ ।

रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । तर, पैसा र प्रभावले जिल्लामा उनको आतंक र त्रास अहिले पनि उस्तै रहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । 

आफूविरुद्ध जाहेरी दिने र सरकारी साक्षी बस्नेहरूलाई आलमले डर, त्रास र आर्थिक प्रलोभन देखाएर प्रभावित गरिरहेका छन् । आलमविरुद्ध जाहेरी दिएका सर्लाही गोडैलाका ६० वर्षीय शेख सफी अहमदले पनि आफ्नो बयान फेरेका छन् । यसअघि भट्टामा कोचेर हत्या गरिएका युवाकी पत्नी र ससुराले पनि आलमको दबाब र प्रभाव थेग्न नसकेर बयान फेरेका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा बुध कब्जा गर्ने योजनासहित अफताब र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगड नै मगाएका थिए ।  समाचारमा भनिएको छ–आलमविरुद्धको मुद्दाका सरकारी साक्षीलाई अंगरक्षक दिन अदालतले आदेश दिए पनि प्रहरीले दिएको छैन । एकजना साक्षीलाई दिइएको अंगरक्षक पनि फिर्ता गरिएको छ । पीडितको पक्षमा पैरवी गर्ने अधिवक्तालाई पनि ज्यान मार्ने धम्की आएपछि प्रशासनमा उजुरी गरेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x