चुनावी हस्तक्षेपबारे पुटिनलाई बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार पुटिनसँगको पहिलो टेलिफोन कुराकानीमा बाइडेनले त्यस्तो चेतावनी दिएका हुन् ।

‘राष्ट्रपति बाइडेनले आफू र आफ्ना साझेदारलाई रुसले पुर्‍याउने क्षतिविरुद्ध राष्ट्रिय स्वार्थको बचाउमा अमेरिका बलियोसँग उभिने बताएका छन्,’ ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ ।


Advertisement

रुसी राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच ‘निकै सौहार्दपूर्ण रूपमा कामका विषयमा खुलस्त कुराकानी भएको’ जनाएको छ । कुराकानीका क्रममा दुई नेताबीच रुसमा जारी विपक्षीको प्रदर्शनका विषयमा कुराकानी भएको जनाइको छ ।

क्रेमलिनले दुई देशबीचको सम्बन्ध सामान्यीकरणका विषयमा आफ्नो ध्यानाकर्षण भएको र दोहोरो स्वार्थ सम्बोधन हुने जनाएको छ । उसका अनुसार बाइडेन र पुटिन परमाणु सम्झौतामा हस्ताक्षर गर्नका लागि पनि इच्छुक देखिएका छन् ।

ह्वाइटहाउसको विज्ञप्तिका अनुसार दुई राष्ट्रपतिबीच अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला, अफगानिस्तानमा रहेका अमेरिकी सेनामाथि रुसले मूल्य तोकेको विषय र एलेक्सी नाभाल्नीमाथि भएको विष हमलाबारे समेत कुराकानी भएको थियो । पुटिनले भने ‘विश्वमा सुरक्षा र स्थिरता कायम गर्न आफ्नो विशेष जिम्मेवारी रहेको कुरामा सचेत रहेको’ जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्