×

NMB BANK
NIC ASIA

अधिवक्ता बन्दीको तर्क : ‘समाजवाद भनेको संसद विघटन गरेर भद्रगोल सिर्जना गर्नु होइन’

माघ १५, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ता गोविन्द बन्दीले समाजवाद भनेको संसद विघटन गरेर भद्रगोल सिर्जना गर्नु नभएको तर्क गरेका छन् ।

Muktinath Bank

बिहीवारको बहसमा अधिवक्ता बन्दीले भने, ‘संविधानले समाजवादको परिकल्पना गरेको छ, यसको व्याख्या अदालतले समाजवादी ढंगले गर्नुपर्छ । समाजवाद भनेको संसद विघटन गरेर भद्रगोल सिर्जना गर्नु होइन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानको धारा ७६(७) ले प्रतिनिधिसभा स्वतः भंग हुने भनेको उनले बताए । ‘कार्यान्वयन मात्र प्रधानमन्त्री र राष्ट्रपतिमार्फत हुने हो,’ उनले भने, ‘फिजीको संविधानको धारा ६२ र स्पेनको धारा ९९ मा पनि नेपालमा जस्तै स्वतः विघटन हुने व्यवस्था छ ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन आफ्नो विशेषाधिकार भनेर दाबी गर्न नपाइने उनले बताए । ‘प्रधानमन्त्रीमाथि २ वर्षसम्म र १ पटक असफल भएको १ वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइने तर प्रधानमन्त्रीले जतिबेला पनि संसद भंग गर्न पाउने हुँदैन,’ उनले भने ।

Vianet communication
Laxmi Bank

अधिवक्ता बन्दीले बहस गरिरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘छिटो गर्नुस्’ भन्दै रोकेका थिए । अधिवक्ता बन्दीले ‘सकिहालें श्रीमान्’ भन्दै बहसलाई निरन्तरता दिएका थिए ।
 
बेन्चले १०–१५ मिनेट समय मिल्ने भने पनि बन्दीले ३१ मिनेट बहस गरेका थिए ।

बन्दीको बहस सकिएपछि वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बहस गरिरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x