×

NMB BANK
NIC ASIA

द्वन्द्व र इर्ष्या होइन, सहकार्य र समन्वयले मात्रै शहीदको सपना पूरा हुन्छ : मेयर शाक्य

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरेको स्थान काठमाडौंको पश्चिममा अवस्थित विष्णुमती नदीको किनारको शोभा भगवतीमा बिहीवार शहीदको सम्झनामा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं महानगरपालिकाले नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १०४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै छातीमा गोली थापेर सहादत प्राप्त गरेका चन्द र श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलि सभाको आयोजना गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्षको शहीद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलि सभा आयोजना गरी काठमाडौं महानगरपालिकाले शहीद सप्ताह शुरू गरेको थियो । शहीद सप्ताहको चौथो दिन अर्थात् माघ १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा श्रद्धाञ्जलि सभा गरेको थियो ।  


Advertisment
Nabil box
Kumari

श्रद्धाञ्जलि सभामा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रूपमा चोट नपुर्‍याई सिंगो राष्ट्रलाई मुक्तिको बाटो देखाउने ४ शहीद आम नेपालीको मनमुटुमा सधैं रहिरहेको बताए ।

Vianet communication
Laxmi Bank

‘उहाँहरूले कसैलाई ढुंगाइँटा हान्ने, खुकुरी–तरवार चलाउने, गोला–बारुद फ्याँक्ने काम गर्नुभएन । त्यतिबेला हतियार प्रयोग गरेको भए केही व्यक्ति घाइते हुन्थे होला । केहीको मरण हुन्थ्यो होला । उहाँहरूले त्यसो गर्नुभएन,’ शाक्यले भने, ‘तर उहाँहरूको आवाज त्योभन्दा धेरै सशक्त थियो । उहाँहरूको आवाजले देश–विदेश नै तरंगित भयो ।’

तत्कालीन शासकले विभिन्न खाले प्रलोभन देखाउँदा पनि त्यसमा नफसी देशमा प्रजातन्त्र ल्याउन, वाक स्वतन्त्रता प्राप्त गर्न, मानवअधिकारको रक्षा गर्न र हुकुमी शासनको अन्त्यका लागि उनीहरूले ज्यानको आहुती दिएको स्मरण शाक्यले गराए । ‘उहाँहरूको मृत्युको १० वर्षपछि नेपालमा हुकुमी शासनको अन्त्य भयो र उहाँहरूकै बलिदानीका कारण निरंकुशताबाट नेपाली जनता मुक्त भए,’ शाक्यले भने, ‘उहाँहरूकै त्याग र समर्पणका कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’

शहीदहरूको योगदानको उच्च मुल्यांककन गर्दै उहाँहरूको सम्झना चीरकालसम्म रहन सकोस् भनी महानगरपालिकाले ४ शहीदकै पूर्ण कदको सालिक निर्माण गरेको पनि स्मरण गराए ।

एकअर्कालाई दोषरोपण गर्नेभन्दा पनि सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै विकास र समृद्धि अघि बढ्ने उनले बताए । उनले ‘टीमवर्क’मा विश्वास गर्दा मात्रै सकारात्मक परिणाम दिन सकिने र आफू पनि त्यसै अनुरूप अघि बढेको बताए ।

‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामीले केही परिणाम देखाएका छौं,’ शाक्यले भने, ‘नजिता तपाईंहरूको सामु छ । मूल्यांकन गर्ने जिम्मेवारी तपाईंहरूको हो ।’ काम गर्ने सन्दर्भमा कतै कमजोरी भएका छन् र ध्यान पुगेको छैन भने ध्यानाकर्षण गराउनु सुझाव दिए । ‘गर्नेले सधैं राम्रै सोचेर गरेको हुन्छ, देख्न पनि राम्रै देखेको हुन्छ तर अरुले मूल्यांकन गर्दा फरक भएको हुनसक्छ । त्यस्तो बेलामा कमी–कमजोरी भयो भने तपाईंहरूले सचेत गराउनु होला सच्याएर अघि बढ्न तयार छौं ।’ 

उनले सबैको लक्ष्य एउटै भएको भन्दै सबैले सहकार्य गरे मात्रै लक्ष्य भेट्न सकिने बताए । ‘त्यो भयो भने मात्रै शहीदहरूप्रति सच्चा सम्मान ठहरिने छ,’ उनले भने, ‘शहीदहरूको प्रतिमा सामुन्ने उभिएर सबैले आपसमा द्वन्द्व र इष्र्या होइन, एकआपसमा सहकार्य र समन्वय गरेर सिंगो देशमा सामाजिक–आर्थिक, सांस्कृति परिवर्तन ल्याउनका एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरौं ।’  

सभामा काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पनि शहीदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

नागरिक स्वतन्त्रताका पक्षमा निर्भिक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरूको सपना स्मरण गर्दै शहीद दिवस मनाउने गरिन्छ । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा विक्रम संवत् १९९७ माघ १० गतेदेखि १५ गतेबीचमा ४ जना शहीदलाई प्राणदण्ड दिइएको थियो ।

हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम संवत् १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए ।

निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।

माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरीसहित शहीद स्मारक लैनचौर लगिने छ । लैनचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि सभा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x