×

NMB BANK
NIC ASIA

सडक पेटीमा जुत्ता पालिस गर्नेहरूको कथा– जिन्दगी नै यसमै बित्यो, दु:ख जहाँको त्यहीँ

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको धनगढी उपमहानगरपालिका– ३ विशालनगरका ५७ वर्षीय भीमबहादुर सार्कीले सडक पेटीमा जुत्ता चप्पल सिउन र जुत्ता पालिस गर्न थालेको करीब २२ वर्ष भयो ।

Muktinath Bank

वैशाख–जेठको उखरमाउलो गर्मी होस् या पुस माघको कठ्याङ्ग्रिदो चिसो, उनलाई त्यसको कुनै प्रवाह नै हुँदैन । उनको ध्यान आज कति कमाइ हुने हो र त्यसले परिवारको पेट पाल्न सक्छु कि सक्दिन भन्नेमै हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरूको जुत्ता पालिस गरेरै उनले ६ जनाको परिवारको रोजीरोटी चलाइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

‘२२ वर्षसम्म सडक पेटीमा अरूका जुत्ता पालिस गर्दा पनि आफ्नो अवस्था फेरिएन’, उनले भने, ‘दिनमा दुईतीन सय पनि मुस्किलले कमाइ हुन्छ, त्यो त साँझबिहान खानै ठिक्क हुन्छ ।’

Vianet communication
Laxmi Bank

सडक पेटीको व्यापार भएकाले बेलाबेला नगरपालिकाले ढल निर्माण गर्दा आफूले बस्ने ठाउँ नै नपाएको उनको गुनासो छ । 

‘सडक पेटीमा नै जीवनको यति लामो समय बिताएँ, यही पेशाबाट नै मेरो घरपरिवार चलेको छ’, उनले भने, ‘अब सडकपेटीबाट नहटाए हुन्थ्यो। सडकबाट रोजीरोटी चल्छ, सडक पेटीकै बढी माया लाग्छ ।’ 

उनी मात्रै हैनन्, धनगढी चोकमा बालकदेखि वृद्धसम्मका नागरिक भेटिन्छन् । 

डडेल्धुराको अजयमेरुकोटका ६० वर्षीय गंगाराम सार्कीले पनि धनगढीका सडक पेटीमा जुत्ता पालिस गर्दै गुजारा चलाइरहेका छन् ।

बुढेसकालमा छोराहरूले पनि एक्ल्याउँदा पेट पाल्न तराई झरेका उनको अन्तिम विकल्प सडकमै अरूका जुत्ता चप्पल सिउने र पालिस गर्ने बन्यो । 

पेट पाल्नकै लागि बुढेसकालमा जुत्ता चप्पल सिउन बाध्य उनी व्यापार नहुँदा कोठा भाडा तिर्न र परिवारको मुखमा माड लगाउन समेत मुस्किल परिरहेको गुनासो गर्छन् । 

धनगढी विशाल नगरका २४ वर्षे युवा वीरु सुर्खेती दिनभर धनगढी बसपार्कमा जुत्ता पालिसको काम गर्छन् ।

गरीबीकै कारण कक्षा आठबाटै पढाइ छाड्न बाध्य भएका उनी त्यसपछि जुत्ताचप्पल सिउने र पालिस गर्ने काम गर्न  थाले । उनी मात्रै हैन, उनका बुवा र भाइ पनि धनगढीकै सडकपेटीमा जुत्ता पालिसको काम गर्छन् ।  

कामलाई सम्मान गर्ने परिपाटी नहुँदा आफू पनि धेरै पटक हेपाइमा परेको उनको गुनासो छ । ‘घरका तीनैजना सडकपेटीमै काम गर्छाैं’, उनले भने, ‘सडक पेटीको कमाइले घर खर्च चलाउन मुस्किल पर्छ, अब त पेशा नै त्यागेर रोजगारीका लागि भारत जाने सोच्दैछु ।’

‘यो पेशाबाट कहिलेकाहीँ ५/७ सयसम्म आम्दानी हुन्छ,’ उनले थपे, ‘कहिले त सय रुपैयाँ पनि हुँदैन । सडकमै जुत्ता पालिस गर्ने र सिलाउने हुँदा धेरैले हेयको दृष्टिले हेर्छन् । कसैकसैले राम्ररी नै बोलाउँछन्, सम्मान गर्छन्, तर कोही भने साह्रै हेपेर बोल्छन् ।’

‘वर्षौंदेखि धनगढीका सडक पेटीमा जुत्ता पालिस र फाटेका जुत्ता चप्पल सिलायौं, तर हाम्रो जीवनमा कुनै परिवर्तन आएन,’ धनगढीकै सडक पेटीमा जुत्ता पालिस गर्ने अमर सार्की भने, ‘हाम्रा लागि कुनै निश्चित स्थान छैन । सडक पेटी र नालाहरू नै हाम्रा व्यापारिक थलो हुन् । दिनभरि अर्काको जुत्ता पालिस गरेर पनि साँझ बिहानको छाक टार्नै मुस्किल पर्छ ।’

‘कठ्याङ्ग्रिँदो, जाडो र सडकको धूवाँधूलो त खेपेकै छौं, तर चिल्ला कारमा जुत्ता पालिस गर्न आउने कतिपय सुकिला मान्छेको तुच्छ व्यवहारले मन झनै खिन्न हुन्छ’, उनले भने । 

सरकारबाट असहयोग

सानो लगानी र असुरक्षित स्थानको व्यवसायले दैनिक खर्च धान्नै मुस्किल पर्ने उनीहरूको गुनासो छ । सडक पेटीमा व्यापार गर्न सरकारी क्षेत्रबाटै रोकावट भइरहेको बताउँदै उनीहरूले देशमा तीन तहको सरकार आए पनि आफूहरूमा समस्या जस्ताको त्यस्तै रहेको दुःखेसो पोखे ।

‘आम्दानीले दैनिक खर्च धान्नै मुस्किल छ,’ धनगढीको सडकमै भेटिएका भीमबहादुर सार्कीले भने, ‘सडकपेटीमा व्यापार गर्न उल्टै सरकारी क्षेत्रबाट रोकावट हुन्छ । सीप र क्षमता अनुसारको काम सरकारले दिए त सडकमा बस्न मन कसको हुन्छ र ?’

सरकारी तबरबाटै सीपलाई सम्मान गरी त्यही अनुसारको रोजगारीको ग्यारेन्टी गर्ने व्यवस्था भइदिए आभारी हुने उनको भनाइ छ ।

सडक पेटीमा नै जीवनको यति लामो समय बिताए पनि उनीहरूको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । सीप र क्षमता अनुसारको काम आफूहरूले नपाउँदा सडकमै बस्न बाध्य भएको उनीहरूको गुनासो छ । 

सरकारी तहबाटै सीपलाई सम्मान गरी त्यही अनुसारको रोजगारीको ग्यारेन्टी हुनुपर्ने उनीहरूको माग छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x