×

NMB BANK
NIC ASIA

हुम्लाका गाउँपालिकामा खुले विद्यालय

माघ १५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् ।

Muktinath Bank

सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् । लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिमकोट गाउँपालिकाका निजी तथा सामुदायिक गरेर २८ विद्यालय सञ्चालनमा आएको छ । झण्डै १० महिनापछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित रहेको मानसरोवर माध्यामिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पहिलो दिन तीनवटै गाउँपालिकाका विद्यालयमा पढाई शुरु भएकै दिन ८० प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ । कोरोना सङ्क्रमणको सुरक्षाका लागि विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने व्यवस्था सम्बन्धित विद्यालयले गरेका छन् ।

Vianet communication
Laxmi Bank

त्यसैगरी जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिकाका ३२ वटा विद्यालयमा पठनपाठन एकैसाथ शुरु भएको गाउँपालिकाले जानकारी दिएको छ । नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला पठनपाठन शुरु भएको हुँदा विद्यार्थीको उपस्थित सन्तोषजनक रहेको छ ।

त्यसैगरी ताँजाकोट गाउँपालिकाका १७ विद्यालयमा पठनपाठन शुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।

विद्यार्थी र शिक्षकले कोरोना सङ्क्रमणविरुद्धका सामग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएको उनले बताए ।

फागुन २ गतेदेखि हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुनुपर्नेमा कोरोनाका कारण भर्खर पढाई शुरु भएकाले पठनपाठनलाई तीव्रता दिने विद्यालयले जनाएका छन् । शुक्रबारसमेत पूरा दिन पढाई सञ्चालन गर्ने विद्यालयले जनाएका छन् ।

पठनपाठन शुरु भएका अधिकांश विद्यालयका शिक्षक विद्यालयमा पुगिसकेको र कोही नआएको भए पनि सम्पर्कमा आइसकेको जनाइएको छ ।

यसअघि पुस १५ गतेदेखि अदानचुली गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भइरहेको छ भने अब तीन गाउँपालिका नाम्खा, खार्पुनाथ र चङ्खेलीमा चाँडै पठनपाठन शुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएका छन् ।

हुम्लाका विद्यालयमा पहिलोपटक पुस माघ महिनामा पठनपाठन शुरु भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x