×

NMB BANK
NIC ASIA

कोरोनाको खोप आएपछि पर्यटन व्यवसायी उत्साहित

माघ १५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

विश्वलाई त्रासमय बनाइरहेको कोभिड– १९ को खोप नेपालमा भित्रिएसँगै धेरैमा उत्साह छाएको छ । कोरोनाको अन्त्य कहिले र कसरी होला भन्ने आशङ्का र अन्योलमा रहेका सर्वसाधारण खोप आएपछि आशावादी हुन थालेका छन् ।

Muktinath Bank

गण्डकी प्रदेशमा पनि कोभिड–१९ विरुद्धको खोप शुभारम्भपछि यस क्षेत्रका सर्वसाधारणसँगै पर्यटन व्यवसायीले पनि खुशी व्यक्त गरेका छन् । कोभिड– १९ ले सबैभन्दा नराम्रो असर पारेको पर्यटन क्षेत्रमा खोप कार्यक्रम शुभारम्भपश्चात् यस क्षेत्रमा पर्यटन आगमन सहज हुने गति लिने विश्वास पर्यटन व्यवसायीको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड– १९ का कारण लामो समयदेखि व्यवसाय ठप्प हुँदा आर्थिक र मानसिक समस्या झेलिरहेका व्यवसायीमा खोप कार्यक्रम शुरुपश्चात् एक प्रकारको उत्साह देखिएको बताए ।


Advertisment
Nabil box
Kumari

'कोरोना सङ्क्रमण देखापरेको शुरुका दिन निकै तनावपूर्ण रहे, तत्कालीन समयमा मानवीयता हराएको हो कि भन्ने पनि लागेको थियो, मान्छेमा निकै त्रास थियो, यस्तो अवस्थामामा खोप आउनु र अग्रपङ्क्तिमा कार्यरतलाई प्राथमिकता दिनु निकै सकारात्मक हो,' उनले भने ।

Vianet communication
Laxmi Bank

उनले कोरोनाका कारण पर्यटन व्यवसायीमा व्यक्त गर्नै नसकिने असीमित पीडा रहेको उल्लेख गर्दै खोपले यस क्षेत्रमा पर्यटन चलायमान हुने आशा जगाएको बताए ।

उनले भने, 'खोप आयो र गण्डकी प्रदेश सरकारले व्यवसाय जीवनरक्षा कोष कार्यक्रम पनि शुभारम्भ गरेको छ यसको कार्यान्वयनमा पनि जोड दिनुपर्दछ ।' उनले खोप शुभारम्भपश्चात् पर्यटकले पनि भयरहित तरिकाले घुम्न डुल्न योजनामा बनाउन सक्ने बताए ।

संयोजक कँडेलले सबैलाई खोप निःशुल्कभन्दा पनि आर्थिक हैसियत राम्रो भएकाले पैसा तिरेर लगाउँछु भने सरकारले त्यसको व्यवस्था गर्नुपर्ने र कमजोर आर्थिक अवस्था र दुरदराजका नागरिकलाई प्राथमिकता दिएर खोप लगाउन पनि आग्रह गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले नेपालमा यति छिटो खोप ल्याएर अग्रपङ्क्तिमा खटिएकालाई प्राथमिकता दिनु सरकारको निकै सकारात्मक कार्य भएको बताए । 'नेपाल जस्तो मुलुकमा पनि यति छिटो खोप आएर लगाउनु निकै सकारात्मक कार्य हो,' उनले भने ।

उनले पर्यटन क्षेत्र पनि सेवा दिने व्यवसाय भएकाले यस क्षेत्रका लक्षित समूहलाई पनि प्राथमिकतामा राखेर खोप दिनुपर्ने बताए । पर्यटन क्षेत्रमा खर्बौंको लगानी भएकाले बाह्य पर्यटक ल्याउन पनि सरकारले पर्यटनमैत्री वातावरणमा पहल गर्नुपर्ने उनको भनाइ छ ।

'अब खोप आइसक्यो खोप लगाएका पर्यटकलाई ‘अन अराइभल भिसा’ दिनुपर्छ । पिसिआर रिपोर्ट पनि २४ घण्टामा आउने व्यवस्था सरकारले गर्नुपर्छ,' उनले भने ।

उनले विदेशबाट आउने पर्यटकलाई सात दिन क्वारेन्टिमा बस्नुपर्ने नियम व्यावहारिक नभएको बताए । उनले भने, 'नेपालमा सात÷सात दिनसम्म क्वारेन्टिनमा बस्ने गरी को पर्यटक आउँछन् । अब खोपसमेत आएर सामान्य बन्दै गएको अवस्थामा सरकारले पर्यटनमैत्री नीति कार्यक्रमा जोड दिएर सहज वातावरणको लागि पहल गर्नुपर्छ ।'

उनले अहिले पनि धेरै विदेशी पर्यटक नेपाल घुम्न आउन खोजिरहे पनि सरकारको झण्झटिलो नीतिले पर्यटकले बुकिङ रद्द गर्ने गरेको बताए । 'सरकारले सबै क्षेत्र खुला गरेर यति छिटो खोपसमेत ल्याइसकेको छ अब पर्यटक आगमनलाई पनि सहज प्रक्रिमा ल्याउने कार्यमा जोड दिनुपर्छ,' उनले भने  ।

उनले सरकारबाट ल्याइएको राहत प्याकेज कार्यक्रम कार्यान्वयन हुन ढिला भएको जनाउँदै ५० अर्बको व्यवसाय सञ्चालन कोष तथा एक खर्बको पुनःकर्जा कोषलाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत माग गरे ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पनि सरकारले खोप कार्यक्रम शुरुआत गरेकामा प्रशंसा गरे । उनले भने, 'यो निकै सकारात्मक कार्य हो, अब यसलाई छिटोभन्दा छिटो सबैको पहुँचमा पु¥याउन सरकारले तदारुकता देखाउनुर्छ ।'

उनले पर्यटन क्षेत्रका मजदूरलाई पनि सरकारले प्राथमिकतामा राखेर खोप लगाउन पहल गर्नुपर्ने बताए । 'होटल रेष्टुरेन्टका मजदूरमा पनि जोखिम रहन्छ तसर्थ उनीहरु सम्पूर्णलाई खोप लगाउन सकियो भने पर्यटकहरुले पनि सुरक्षित महसुस गर्छन् सकारात्मक सन्देश पनि जान्छ,' उनले भने ।

उहाँले कोरोनापछिको अवस्थालाई दृष्टिगत गरी पर्यटनमैत्री वातावरणमा सरकारले ध्यान दिएर विदेशी पर्यटक ल्याउन पहल गर्नुपर्ने बताए । गण्डकी प्रदेश सरकारले कोभिड–१९ खोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, अस्पतालका फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई प्राथमिकतामा राखेर १७ हजार ६३० जनालाई कोभिशिल्ड खोप दिइने जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x