×

NMB BANK
NIC ASIA

माडीको पुल बनाउन सहमति दियो निकुञ्जले

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै रोकेका माडीका पुल वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि काम सञ्चालन गर्न अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो ।

Muktinath Bank

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण गर्न सहमति दिइएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै ठेकेदार कम्पनीले त्यहाँ प्रयोग गरिएका नदीजन्य पदार्थको राजश्व तिर्ने प्रतिबद्धतासमेत जनाएको छ । बरालले भने, 'नदीजन्य पदार्थको राजस्व नतिरेमा पुल निर्माणको भुक्तानीमा नै कट्टा गरिनेछ ।'


Advertisment
Nabil box
Kumari

चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, माडी नगरपालिका र हुलाकी सडक परियोजनाको संयुक्त बैठकले अपुग कागजपत्र पु¥याउँदै जाने शर्तमा निर्माण कार्य अगाडि बढाउने अनुमति दिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरी पुल निर्माणको कार्य थालेको भन्दै निकुञ्जले पुलको काम तत्काल रोक्न निर्देशन दिएको थियो ।

Vianet communication
Laxmi Bank

निकुञ्जको निर्देशनपछि ठेकदार कम्पनीले पुल निर्माणको काम रोकेका थिए । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडीका सानाठूला खोलामा गरी अहिले ११ वटा पुल बनिरहेका छन् । मगुवाई, रिउ, बगइ खोलामा बन्दै गरेका तीन वटा पुलको मात्रै वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ भने बाँकी आठ पुलको प्रतिवेदन बुझाइएको थिएन ।

तीमध्ये एउटा पुलको वातावरण प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा छ भने अन्यको थाल्ने सहमति भएको हो । माडीमा पुल निर्माण गर्दै गरेका ठेकेदार कम्पनीले त्यहीको नदीजन्य पदार्थ प्रयोग गर्दै आएका छन् ।

निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएकाले मध्यवर्ती क्षेत्रमा काम गर्नुपर्दा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । माडी नगरपालिकाले नगरवासीलाई विभिन्न काममा निकुञ्जले अवरोध गर्ने गरेको भन्दै विरोध जनाउँदै आएको छ ।

निकुञ्ज स्थापना बेलाको ऐन संशोधन हुन नसक्दा कतिपय काममा अनावश्यक अवरोध हुने गरेको भन्दै नगरपालिकाले विरोध जनाउँदै आएको छ । जसका कारण निकुञ्ज र माडीवासीका बीचमा समयसमयमा द्वन्द्व हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x