×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा विघटनमा संविधानको धारा नखुलाइएको जिकिर

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा एघारौँ दिनदेखि बहस जारी छ । आज पनि बहस गर्दागर्दै नभ्याएपछि हेर्दाहर्दैमा शुक्रबारका लागि राखिएको छ ।
      
विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट आज वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, तुलसी भट्ट, हरि उप्रेती, अधिवक्ता गोविन्द शर्मा बन्दी), गोपालकृष्ण घिमिरे र रिट निवेदक स्वयंले बहस गरेका थिए ।  
      
    वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको तर्क राख्दै भने, “अहिलेको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था छैन, यदि विघटन गर्ने हो भने संविधान संशोधन गर्नुपर्ने हुन्छ, प्रधानमन्त्रीले संविधान संशोधन गर्न खोज्नुभयो ।”
      
वरिष्ठ अधिवक्ता उप्रेतीले प्रतिनिधिसभा विघटनका विषयमा प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा संविधानको कुन धारालाई आधार बनाएर विघटन गरेको भन्ने खुलाएको नपाइएको र धारा खुलाएको भए प्रष्ट हुने धारणा राखे ।
      
    रिट निवेदक पोखरेलले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको उल्लेख गर्दै भने, “संविधान लेख्ने बेलामा नै धेरै छलफल भएको हो, प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै संविधानमा राखिएको छैन, पहिलापहिला धेरै विघटन गरेको दिक्क भएर यो संविधानमा विघटन गर्ने व्यवस्था नै नराखिएको हो, अदालतले पुनःस्थापना गर्नुपर्छ ।”
      
    अधिवक्ता बन्दीले प्रतिनिधिसभा विघटन स्वतः भङ्ग गर्ने व्यवस्था संविधानान नभएको हुँदा पुनःस्थापना गर्न माग गर्नुभयो । रिट निवेदककै तर्फबाट अदालतमा बहस जारी छ । शुक्रबार पुनः सुनुवाइ हुनेछ ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x