चालकसँग ५ मिनेट कार्यक्रम

फाइल तस्बिर

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुईपाङ्ग्रे सवारी साधनका चालकका लागि सप्ताहव्यापी सडक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
    
गण्डकी प्रदेशमा नै सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रका रुपमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) रहेको तथा दुर्घटनामा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन पर्ने भएका कारण सचेतनामूलक कार्यक्रम गरिएको हो ।

    गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले दुईपाङ्ग्रे सवारी साधन चालकलाई सडकमै रोकेर पाँच मिनेटसम्म सडक सुरक्षाका बारेमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्