२७ जेठ २०८३, बुधबार

विराटनगरको विरोध सभालाई प्रचण्ड–नेपालले सम्बोधन गर्ने

विराटनगरको विरोध सभालाई प्रचण्ड–नेपालले सम्बोधन गर्ने
फाइल फोटो

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रवार विराटनगरमा विरोध सभाको आयोजना गरेको छ । 

प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रवार विराटनगरमा सभा आयोजना गर्न लगेको हो ।

विराटनगरको जनआन्दोलन चोकमा मध्याह्न हुने सभालाई प्रचण्ड–नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल बुटवलबाट फर्केर बिहीवार नै विराटनगर पुगेका थिए ।

विरोध सभाअघि विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम रहेको नेकपा नेता अमनलाल मोदीले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्