मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
फागुन अन्तिम साता काठमाडौंमा हुन गइरहेको दशौं नेफ्टा अवार्डको तयारी सुरु भएको छ ।
यो अवार्डका लागि टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने पक्का भएसँगै नेफ्टाको दशौं सँस्करणको सरगर्मी सुरु भएको हो ।
चलचित्र प्राविधिक संघसँग दशौं नेफ्टा अवार्डको लागी ड्रिम हाइ नेपाल प्रा.ली.ले यसपटक दशौं अवार्ड आयोजना गर्दैछ । आयोजक ड्रिम हाइका प्रमुख कमल जिसीले भने, ‘अब यो अवार्डसँगै चलचित्र उद्योग नयाँ तरिकाले अघि बढ्नेछ । कोरोना महामारीले थला परेको चलचित्र उद्योग पुनः पहेलेजस्तै चलायमान हुनेछ ।’
कोरोना महामारीपछिको सबैभन्दा ठुलो अवार्ड हुन लागेको दशौं नेफ्टा अवार्डलाई लिएर सर्वत्र चासो पैदा भएको छ ।
नेफ्टा अवार्डका लागि जोय पपाया, काठमाडौं वल्र्ड स्कुल, पर्यटन बोर्डसँगै विभिन्न ब्राण्ड, कम्पनीहरुले यो एवार्डमा स्पोनसर तथा प्रवर्द्धनको भुमिकामा जोडिएका छन् ।
यस्तो परिस्थितीमा पनि हामीले अवार्ड समारोह आयोजना गर्दैछौं, आयोजक ड्रिम हाइका कमल जिसीले भने, ‘समग्र चलचित्र उद्योगको समृद्धि, कलाकार, प्राविधिकको सम्मानार्थ आयोजित यो अवार्ड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउनका लागि सबैको सहयोग मिल्नेछ भन्ने अपेक्षा गरेका छौं ।’ उनले यो समारोहले आन्तरिक पर्यटन प्रवर्धनमा समेत सघाउ पुर्याउने विश्वास लिएको बताए ।
कोरोना भाइरसको महामारीको कारण गत बर्ष यो अवार्ड स्थगित भएको थियो । पत्रकार सम्मेलनको आयोजना गरेर अवार्डका बारेमा जानकारी गरापनि कोरोना महामारीसँगै अवार्ड कार्यक्रम स्थगित भएको थियो ।
यसपटकको अवार्डमा २०७५ सालमा बर्ष भरी प्रदर्शनमा आएका नेपाली चलचित्रले प्रतिस्पर्धा गर्नेछन् ।
चलचित्रको आगामी माघ २४ मा मनोनयन सार्वजनिक हुनेछ । अवार्ड समारोह भने फागुन २९ गते हुनेछ । काठमाडौंस्थित सोल्टी होटलमा भव्य समारोहका बिच हुने यो अवार्डसँगै पुनः नेपाली चलचित्र उद्योगमा चहलपहल सुरु हुने विश्वास लिएको आयोजकले जनाएको छ ।
कोरोना महामारीपछि सुस्ताउने अवस्थामा पुगेको चलचित्र क्षेत्रलाई थप चलायमान र सकृय बनाउन अवार्ड कार्यक्रमको महत्वपुर्ण योगदान हुने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । महामारिको कारण डुबानमा परेको चलचित्र क्षेत्रलाई गतिशिल बनाउने दायित्व हामीहरुकै हो, उनले भने, ‘यस कार्यमा हातेमालो गर्न समग्र चलचित्रकर्मी, दर्शक तथा सुभचिन्तकहरुलाई आग्रह पनि गर्छु ।’
यसअघि यो अवार्ड दुबईमा भएको थियो । यसअघि कतार, मलेसिया, हङकङ लगायतका स्थानमा यो अवार्ड सम्पन्न भइसकेको छ ।
यसपटक लगभग ३२ विधामा यो अवार्ड बाँड्न लागिएको आयोजकको भनाई छ ।
यसपटकको अवार्ड सम्पन्न गर्नका लागि व्यवस्थापकीय तयारीमा आयोजक तातेको छ । यो अवार्ड विगतमा भन्दा केहि फरक हुने आयोजक ड्रिम हाइका प्रमुख कमल जिसीले जानकारी दिए । उनले भने, ‘अवार्ड भव्य बनाउनका लागि हामीले केहि भिन्न कन्सेप्टमा काम पनि गर्दैछौं । विभिन्न कलाकारहरुको नृत्य, कमेडियन कलाकारहरुको भव्य प्रस्तुतीका साथमा अरु धेरै कुरा हुनेछन्, जसलाई उपस्थित दर्शक तथा अतिथीहरुले रमाइलो मान्ने छन् ।’
आयोजकका ड्रिम हाइका अनुसार यो अवार्ड सम्पन्न गर्नका लागि ८० लाख भन्दा धेरै खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म ५० लाख हाराहारी स्पोन्सर उठेको र अरु उठ्न बाँकी रहेको आयोजक ड्रिम हाइका कमल जिसीले बताए ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...