२६ जेठ २०८३, मंगलबार

किन आमहड्ताल जस्तो 'अप्रिय' निर्णयमा पुग्यो प्रचण्ड–नेपाल पक्ष ?

किन आमहड्ताल जस्तो 'अप्रिय' निर्णयमा पुग्यो प्रचण्ड–नेपाल पक्ष ?

नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबारका आह्वान गरेको आमहड्तालको चौतर्फी आलोचना भइरहेको छ । तर प्रचण्ड नेपाल समूहले भने प्रधानमन्त्री केपी ओलीको ‘प्रतिगामी’ कदमसहित संवैधानिक आयोगमा बलजफ्ती नियुक्तिको विरोधमा बाध्य भएर आम हड्ताल आह्वान गर्नु परेको बताएको छ ।

सो समूहका प्रवक्ता तथा आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले ओली सरकारले संवैधानिक परिषद्को बैठकबाट निर्णय गराई संसदीय सुनुवाई बिना बलजफ्तीरुपमा संवैधानिक अङ्गहरुको पदाधिकारी र सदस्यहरुको शपथग्रहण गराएको विरोधमा आमहड्ताल गरिएको बताए ।

यस्तै प्रतिनिधिसभा विघटन गर्ने कदमलाई खारेज गरी प्रतिनिधिसभा सुचारु गर्न, प्रतिगामी षडयन्त्रलाई असफल पार्न  र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा पनि आमहड्ताल गरिएको उनको भनाइ छ  ।
यसबाहेक प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमपछि स्वतः काम चलाउ सरकारमा परिणत भएको ओली सरकारको गैर संवैधानिक ,गैरकानूनी ,एवं स्वेच्छाचारी निर्णयको अन्त्य गर्न पनि बन्द आह्वान गरिएको उनको तर्क छ । बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्