२७ जेठ २०८३, बुधबार

शेयर बजार ८.३४ अंकले बढ्दा लघुवित्तका लगानीकर्तालाई फाइदै फाइदा

शेयर बजार ८.३४ अंकले बढ्दा लघुवित्तका लगानीकर्तालाई फाइदै फाइदा

साताको अन्तिम कारोबारको दिन शेयर बजार ८.३४ अंकले बढेको छ । 

नेप्से परिसूचक ०.३४ प्रतिशतले बढ्दा बजार २ हजार ४ सय ७५.२६ विन्दुमा पुुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

यस दिन सेन्सेटिभ परिसूचक पनि १.६ अंक अर्थात ०.३७ प्रतिशतले बढेको छ । यस दिन बजार ४ सय ५४.०२ विन्दुमा पुुगेको छ ।

कुल २ सय १ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँमा किनबेच भएका छन् । 

१२ उपसमूहमध्ये यस दिन ६ वटा समूहको सूचक घटेको छ भने बाँकी ६ वटामा हरियाली छाएको छ ।

यस दिन लघुवित्तका लगानीकर्ताहरूलाई फाइदै फाइदा भएको छ । 

कारोबारका आधारमा बिहीवार सूर्योदय लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी नाफा कमाएको छ । 

यस कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् । 

यस्तै समिट लघुवित्त वित्तीय संस्थाले ९.९९ प्रतिशत नाफा कमाउँदा जनउत्थान सामूदायिक वित्तीय संस्थाले पनि ९.९९ प्रतिशत नै नाफा कमाएको छ ।

बिहीवार प्रभु लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३.४६ प्रतिशत गुमाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्