झडपमा घाइते भएका पूर्वमन्त्रीसहित ४ जनालाई काठमाडौं ल्याइयो

धनुषामा प्रहरीसँगको झडपका क्रममा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहित ४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रचण्ड नेपाल पक्षको हड्तालका क्रममा प्रहरीसँग भएको झडपमा लाठीचार्जबाट  झाको टाउकोमा गम्भीर चोट लागेको छ ।

यस्तै अन्य घाइते नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साहलाई पनि उपचारका लागि नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्