×

NMB BANK
NIC ASIA

पत्रपत्रिका पहिलो पेज

प्रहरीमा राजीनामा दिनेको लहर, भागरथीको हत्यारा नजिक पुग्यो प्रहरी

माघ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आइतबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिकहरुले विभिन्न समाचारलाई प्राथमिकता दिएका छन् । कान्तिपुर दैनिकले बैतडीमा १७ वर्षीया किशोरीको हत्या भएको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ ।

Muktinath Bank

राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् । ‘हत्यारालाई छिटो पत्ता लगाएर कडा कारबाही गर्नुपर्छ,’ भागरथीकी आमा दुरा भट्टले भनिन् । परिवारले निर्मला पन्तको घटनाजस्तो नहोस् भन्नै चाँडै अपराधी पत्ता लगाउन माग गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही पत्रिकाले भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

कान्तिपुर दैनिकमै कोभ्याक्स सुविधा अन्तरगत नेपालका करिब ३ प्रतिशत नागरिकलाई नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप तीन साताभित्र आउने भएको खबर छापिएको छ । फेब्रुअरी अन्तिम सातासम्म आउने आकलनसहित स्वास्थ्य मन्त्रालयले खोप अभियानको तयारी थालेको छ ।

Vianet communication
Laxmi Bank

नेपालले पाउने खोपमध्ये पहिलो चरणमा २२ लाख ५६ हजार मात्र अक्सफार्ड र अस्ट्राजेनेकाको खोप आइपुग्ने भएको हो ।
अन्नपूर्ण पोस्टले ‘नियन्त्रण गुमाउँदै सेयर बजार’ शीर्षकमा समाचार छापेको छ ।

कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्।

‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।’

सोही पत्रिकाले कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित बनेको खबर पनि पहिलो पृष्ठमै छापेको छ ।
नयाँ पत्रिका दैनिकले ‘ प्रहरीका पीडाः ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद’ शीर्षकमा प्रमुख समाचार छापेको छ । नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ ।

नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ । बढुवाबाट पूर्ति गरिने ४० पदमा बढुवा गर्न प्रहरी नेतृत्वलाई हम्मे भएको छ । किनभने डेढ सयभन्दा धेरै सइ बढुवाका दाबेदार छन्, जो १५ वर्षभन्दा ‘जेठा’ सइ हुन् । ३० जना त १७ वर्षदेखि सइमा कार्यरत छन् । यसपटकको बढुवामा डेढ सयमध्ये ४० जना मात्र पर्नेछन्, अरूले बढुवाका लागि अझै कम्तीमा दुई–तीन वर्षसम्म कुुर्नुपर्नेछ ।

प्रहरीको जागिर अवधि ३० वर्ष हुन्छ । त्यसमा आधाभन्दा धेरै अवधि एउटै पदमा बिताउनुपर्ने बाध्यता प्रहरीका कनिष्ठ अधिकृतहरूको छ । जसले उनीहरूमा नैराश्यता मात्र बढाएको छैन, प्रहरी सेवामै नकारात्मक असरसमेत परेको छ ।

सोही पत्रिकाले बैतडीकी किशोरीको हत्यापछि गाउँनै शाकमग्न बनेको, हिउँले गोर्खाको लाप्राक बस्ती ढाकेको, ढिस्कोले पुरिएर कैलालीमा ३ जनाको मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमै छापेको छ ।
नागरिक दैनिकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको खबर छापेको छ। कांग्रेसका शुभेच्छुक संगठनहरूको अगुवाइमा मौन जुलुससहित विरोध प्रदर्शन गरिएको हो।   

सोही पत्रिकाले वर्षासँगै पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोलगायतका समाचार पनि छापेको छ ।
गोरखापत्र दैनिकले स्थानीय सरकार (गाउँपालिका÷नगरपालिका)ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको र पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएको खबर छापेको छ ।

हालसम्म २० स्थानीय तहले चार दर्जनभन्दा बढी विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् । त्यसमध्ये काठमाडौँ महानगरले मात्रै १७ वटा समकक्षीसँग सम्बन्ध कायम गरेको छ तर सम्बन्धित सरकारी निकाय वा मन्त्रालयसँग यसको यकिन आँकडा पाइँदैन ।

स्थानीय तहलाई परिपत्र गरे पनि जानकारी नदिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सरकारको पूर्वस्वीकृति लिएर विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापना गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको र मन्त्रालयलाई जानकारीसम्म पनि नआउने गरेका कारण यससम्बन्धी कार्यविधि बनाउन थालिएको सो मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले जानकारी दिए ।

पशुपति हिन्दु विश्वविद्यालय बनाउन तयारी सुरु भएको, महिलामा पाठेघरको समस्या बढेको, आजदेखि मौसममा सुधार हुने लगायतका समाचार पनि सोही पत्रिकामा छापिएको छ ।
सरकारले भारतबाट अनुदानमा पाएको खोपको सहायताले चलाएको खोप अभियानका क्रममा १ लाख ८४ हजार ८५७ जनाले लगाएको खबर राजधानी दैनिकले छापेको छ । यससँगै शनिबारदेखि अभियान सकिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x