
चलचित्र ‘चुरीफुरी’का मुख्य कलाकार सार्वजनिक गरिएको छ । चलचित्रको छायांकन अन्तिम चरणमा पुगेका बेला निर्माण पक्षले मुख्य अभिनेतासँगै केहि कलाकार सार्वजनिक गरेको हो ।
यो चलचित्रको मुख्य अभिनेतामा अभिषेक श्रेष्ठको नाम सार्वजनिक गरिएको छ । उनी मोडल हुन् ।
ऋषि राज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनिरहेको चलचित्रको मुख्य भुमिकामा अभिषेक सँगै पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेतलाई डेब्यु गराइएको हो । कमेडि जनरामा निर्माण हुने यो चलचित्रमा रविन्द्र झा, दीपक आचार्य, सुबोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, शिशिर भण्डारी लगायतका कलाकारको समेत मुख्य भूमिकामा रहने यसअघि जानकारी गराएको थियो ।
आरवी मुभिजको प्रस्तुतिमा तयार भैरहेको चलचित्रमा निर्देशक आचार्य र रिना ढकालको लगानी छ । चलचित्रको छायांकन ९० प्रतिशत सकिएको निर्देशक आचार्यले बताए ।