×

NMB BANK
NIC ASIA

वैशाखको चुनावका लागि आयोगले छिट्टै कार्यतालिका प्रकाशित गर्छ : प्रवक्ता गुरुङ

माघ २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि कुनै कानूनी अवरोध नभएकोले निर्वाचन आयोगले छिट्टै कार्यतालिका प्रकाशित गर्ने सरकारले बताएको छ ।

Muktinath Bank

सोमवार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले आयोगले तोकिएको समयमै चुनाव सम्पन्न गर्नेगरी कार्यतालिका प्रकाशित गर्ने तयारी सरकारलाई गराएको जानकारी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीज्यू आफै निर्वाचन आयोग पुगेर चुनावको निम्ति सरकारको तर्फबाट सबै तयारी पूरा भएको, आयोगलाई कानूनी रुपमा कार्यतालिका प्रकाशित गर्न अवरोध नभएको र अदालतले चुनाव रोक्न अन्तरिम आदेश नदिएको अवस्थामा चुनावको व्यवस्थापनका लागि सरकारले स्रोत उपलब्ध गराउने जानकारी गराउनुभयो,’ प्रवक्ता गुरुङले भने, ‘आयोगले पनि छिटो भन्दा छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्नेछौं, निर्वाचन कार्यतालिका प्रकाशित गर्न कुनै कानूनले अवरोध गरेको छैन, सबै कानून ट्रयाकमा छन् । कुनै हालतमा निर्वाचन रोकिने छैन भनेर आयोगले विश्वस्त बनाएको छ ।’


Advertisment
Nabil box
Kumari

सुरक्षा परिषद्बाट पारित प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले दुइचरणमा निर्वाचनका लागि जिल्ला तोकेको उनले बताए । सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका ४० तथा तथा दोस्रो चरणमा प्रदेश १, वागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा वैशाख २८ गते गर्ने निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘चुनाव हुन्छ कि हुन्न भन्ने भ्रम अन्त्य गर्नको लागि स्वयम् प्रधामनन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा जानु भएको हो,’ प्रवक्ता गुरुङको दाबी थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x