२७ जेठ २०८३, बुधबार

विरोध सभामा सहभागी हुन् ह्वीलचेयर चढेर भृकुटीमण्डप पुगे मात्रिका यादव

विरोध सभामा सहभागी हुन् ह्वीलचेयर चढेर भृकुटीमण्डप पुगे मात्रिका यादव

आमहड्तालका दिन जनकपुरमा प्रहरी हस्तक्षेपबाट घाइते भएका नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मात्रिका यादव ह्वील चेयर चढेर विरोध सभामा पुगेका छन् ।

प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा सहभागी हुनका लागि ह्वील चेयर चढेर यादव भृकुटीमण्डप पुगेका हुन् ।

यादव मन्त्री छँदा स्वकीय सचिव रहेका सन्तोष विष्टले उनको तस्वीर फेसबूकमा राखेका छन् ।

प्रधानमन्त्रीको सिफारिश गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल पक्ष आन्दोलित छ ।

हेर्नुहोस्, मात्रिकाको तस्वीर :

salt training

कमेन्ट गर्नुहोस्