२७ जेठ २०८३, बुधबार

प्रचण्ड–नेपाल समूहको सभा– वक्तालाई ३ मिनेटको समय

प्रचण्ड–नेपाल समूहको सभा– वक्तालाई ३ मिनेटको समय

नेकपा प्रचण्ड–नेपाल समूह सभामा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय दिइएको छ । 

सभाको शुरूमा बाग्मती प्रदेश कमिटीका सह–इञ्चार्ज हितबहादुर तामाङले अध्यक्षता गर्दै मन्तव्य राखे । 

त्यसपछि सभामा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राख्दै काठमाडौंले सधैँ लोकतन्त्र र आन्दोलनको पक्षमा उभिने गरेको बताए । 

नेकपा केन्द्रीय सदस्य अञ्जना विशंखेले प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री बन्नका लागि परिवर्तनको एजेन्डामा साक्षी बस्न आएको टिप्पणी गरिन । 

केन्द्रीय सदस्य एवं अनेम संघकी अध्यक्ष अमृता थापाले प्रतिगमनका मतियारलाई चिडियाखाना होइन आर्यघाटमा लैजान महिलाहरू तयार रहेको बताइन् । 

नेतृ थापाले आफूलाई ३ मिनेट बोल्न दिएको मञ्चबाटै जानकारी गराइन् । सभामा प्रचण्ड, माधवकुमार नेपाल लगायत १४ जना वक्ता छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्