साउन २९, २०७९
केहीदिन पहिले झण्डै दैनिक हजारको हाराहारीमा पुगेको कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्ट...
शाकाहारीहरूका लागि कटहर वरदान समान छ । अंग्रेजीमा ज्याकफ्रुट भनिने कटहर खासमा फल हो तर नेपालमा तरकारीका रूपमा खाने गरिन्छ ।
मासुमा पाइने पोषक तत्त्वहरू यसमा भेटिन्छ । यसको सेवनले रोगप्रतिरोधक क्षमता बलियो हुन्छ अनि मुटु र आँखासम्बन्धी रोग लाग्न पाउँदैन ।
कटहरमा भिटामिन ए, बी६, सी, क्याल्सियम, फाइबर, प्रोटीन, आइरन, पोटेसियम, फोलिक एसिड, एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल गुणहरू पाइन्छन् ।
यो खाँदा रक्तचाप नियन्त्रित रहन्छ । त्यसले गर्दा मुटु स्वस्थ हुन्छ र हृदयघातको जोखिम घट्छ ।
यसको सेवनले आँखाको तेज बढ्छ । आँखाको आर्टरीलाई खुम्चिनबाट यसले जोगाउँछ ।
यसमा प्रशस्त आइरन भएकाले रगत बढाउन मद्दत गर्छ । विशेषगरी रक्ताल्पताका रोगीहरूलाई कटहर खाने सल्लाह दिइन्छ ।
कटहरले ऊर्जा बढाउन पनि सहायता गर्छ । पोषक तत्त्वले भरपूर भएकाले यसले कमजोरी र थकान हटाएर दिनभरि ऊर्जावान बनाउँछ । अनि रुघाखोकी तथा मौसमी ज्वरोबाट पनि जोगाउँछ ।
यसमा भएको फाइबरले पाचन क्रिया सही राख्न सहायता गर्छ । अनि पेट दुख्ने, कब्जियत हुने, अपच हुने, एसिडटी हुने समस्या हट्छन् ।
यसमा भएको म्याग्नेसियम र क्याल्सियमले मांसपेशी र हाडहरू बलियो बनाउँछ । बच्चाहरूले र वृद्धवृद्धाले यसको अवश्य सेवन गर्नुपर्छ ।
केहीदिन पहिले झण्डै दैनिक हजारको हाराहारीमा पुगेको कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्ट...
पछिल्लो २४ घण्टामा मुलुकभर ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३७ नमूना परीक्षण गर्दा ८८८ जना नयाँ संक्रमित पुष्टि भएको हो । ...
फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भव...
हेटौँडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेङ्गु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ । आज ६५ डेङ्गु बिरामी फेला परेको उपमहानगरपालिका स्व...
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शनिवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३ जना नयाँ संक्रमित थपि...
सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ । ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...