२७ जेठ २०८३, बुधबार

समायोजनप्रति जसपामा विवाद

समायोजनप्रति जसपामा विवाद

जनता समाजवादी पार्टी, नेपाल मोरङमा राजकुमार यादव संयोजक भएको समाचारप्रति सो पार्टीका अर्का समूहले आपत्ति जनाएको छ । 
    
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी नेपालले वडा समितिदेखि जिल्ला तहमा ५०÷५० प्रतिशत पदाधिकारी रहनुपर्ने सहमति हुँदाहुँदै एकलौटी तथा एकतर्फी पूर्वसमाजवादी पार्टीका जिल्ला अध्यक्षलाई जिल्ला संयोजक बनाएको कुरा अस्वीकार्य रहेको पूर्वराष्ट्रिय जनता पार्टी मोरङका अध्यक्ष मोहम्मद कादिरले आज पत्रकार सम्मेलनमा जानकारी दिए । 
    
दुवै समूहलाई बराबरी समायोजना गर्न केन्द्रीय तहका आठ जना नेतृत्वले पाएको जिम्मेवारीअनुसार जिल्लामा त्यस्तो कुनै किसिमको छलफल र बैठक नै नगरी गरिएको यो निर्णयले हामीलाई भ्रामक बनाएको समायोजन टोलीका नेता रामलाल सुतियारले जानकारी दिए ।  स–सम्मान सबैलाई बराबरी नेतृत्वमा सहभागी गर्ने पूर्वसहमतिलाई लत्याएर एकलौटी गरिएको सो निर्णय स्वीकार्य नभएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्