नेपाली बजारमा आइतवार सुनको मूल्यमा वृद्धि भएको छ ।
आइतवार छापावाल सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन तेजाबी सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
लोकान्तर संवाददाता