×

NMB BANK
NIC ASIA

भागरथी हत्या प्रकरण : ३ जना प्रहरीको 'क्लोज' निगरानीमा, फरेन्सिक ल्याबको नतिजा नकुरिने

फागुन २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएको प्रमाणहित ३ जनालाई क्लोज निगरानीमा राखेको प्रहरीले जनाएको छ ।

Muktinath Bank

सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उत्तम सुवेदीका अनुसार प्रहरीले अहिले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी अपराधीको नजिकै छौं, सुक्ष्म अनुसन्धानका पाटाहरु केलाईरहेका छौं,’ प्रमुख सुवेदीले लोकान्तरसँग भने, ‘अपराधी लगभग यकिन भएको छ र उनीहरुको सुक्ष्मरुपमा अनुसन्धान भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

अपराधीको पहिचान लगभग स्पष्ट भइसकेको र सुक्ष्मरुपमा अनुसन्धान गर्नुपर्ने भएकाले केही समय लाग्ने र फरेन्सिक ल्याबको नतिजा नकुर्ने डीआइजी सुवेदीले बताए ।

Vianet communication
Laxmi Bank

प्रहरीले भागरथीले प्रयोग गरेको मोबाइलको फरेन्सीक ल्याबको रिर्पोट, उनलाई आएको फोन कल डिटेल र उनले चलाउने सामाजिक सञ्जालको अनुसन्धान र घटनास्थलमा भेटिएका प्रमाणका आधारमा अपराधी नजिक पुगेको दाबी गरेको छ ।

‘केहि फरेन्सिक परीक्षणहरु आउने क्रममा छन् र केही आइसकेका छन् । तिनीहरुको अनुसन्धानमा प्रहरी लागिपरेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिँहले लोकान्तरसँग भने ।

अहिलेसम्म प्रहरीले दर्जनौं मानिसहरुलाई सामान्य सोधपुछ गरेको जनाएको छ भने १२ जना व्यक्तिलाई विशेष रुपमा सोधपुछ गरिरहेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार ३ जनालाई प्रहरीले उनीहरुको विगत, आनीबानी र घटनाका दिन र त्यो भन्दा अघिल्लो–पछिल्लो दिनको गतिविधिको अनुसन्धान गरिरहेको छ ।

‘३ जना मध्ये १ जना, २ जना वा ३ तीनै जना अपराधी हुन भन्ने प्रमाणहरु संकलन र अनुसन्धान गरिरहेका छौं,’ ती अधिकृतले लोकान्तरसँग भने,‘केही प्रमाण पुष्टि हुन बाँकी छ त्यो जुटेपछि सार्वजनिक हुनेछन् ।’

शव बुझ्न अस्वीकार

माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जङ्गलमा भागरथीको हत्या भएको थियो । २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जङ्गलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरूले घर फर्कने क्रममा भागरथीको शव देखेपछि अभिभावकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माघ २२ गते रातभर शव कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै उठाइएको थियो ।

घटनास्थलमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालका डीआइजी उत्तम सुवेदी, एसएसपी जनक पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का डीआइजीको टोली, जिल्ला प्रहरी कार्यालय बैतडीको टोली र  सरकारी अस्पतालका चिकित्सकको टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरू सङ्कलन गरी पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल बैतडी पठाइएको थियो ।

पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् ।

जिल्लाभर भागरथीको हत्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् । यता घटनास्थल लवलेक जङ्गलको नजिकै रहेको खोचलेक बजारमा १ सय भन्दा बढी प्रहरी खटिएका छन्  ।

हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने आफन्तले बताएका छन् । उनको शव जिल्ला अस्पतालमा राखिएको छ ।

ठाउँ–ठाउँमा प्रदर्शन

न्याय नपाएकी निर्मलाको जस्तो हविगत नहोस् भनेर भागरथीका परिवारले ११ दिनसम्म पनि शव बुझ्न मानेका छैनन् । पीडित परिवारलाई न्यायको माग गर्दै ठाउँ–ठाउँमा प्रदर्शन भइरहेका छन् । प्रदेश राजधानी धनगढीमा दैनिकजसो प्रदर्शन भइरहेको छ ।

शनिवार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला नेतृ तथा अधिकारकर्मीले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी डा. डिला सङ्ग्रौला पन्तले घटनाको अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न माग गरिन् ।

‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दुई साता हुनै लाग्दा पनि अपराधी पक्राउ परेको छैन’, उनले भनिन्, ‘शव अस्पतालमा छ । परिवारजनले पीडामाथि पीडा भोगिरहेका छन्, खै कहाँ छ सरकार ?'

कार्यक्रमअन्तर्गत १ गते धनगढी, ३ गते दार्चुला, ४ गते बैतडी, ६ गते बझाङ, ७ गते डडेल्धुरा, ८ गते डोटी, ९ गते अछाम, १० गते बाजुरा र १२ गते कञ्चनपुरमा विरोध गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

भागरथीको न्यायका लागि चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनले भनिन्, ‘धनगढीबाट आन्दोलन शुरू गरेर ९ वटै जिल्लामा प्रदर्शन गर्छौं । सरकारले पीडित परिवारलाई न्याय दिलाउन नसके देशभर विरोध प्रदर्शन गर्छौ ।’

घटना भएको भोलिपल्ट नै बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली घटनास्थलमा खटिएको थियो । उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो ।

किशोरीको टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो ।

 २१ गते विद्यालयबाट घर फर्किंदा बेपत्ता भएकी किशोरीको २२ गते स्थानीय लवदेव सामुदायीक वनमा शव फेला परेको थियो ।

प्रहरीले किशोरीले अध्ययन गर्ने विद्यालयका साथी, शिक्षक, परिवारका सदस्य, गाउँका आफन्त, नजिकका चिनेजानेकाहरु गरी दर्जनौँ व्यक्तिसँग सोधपुछ गरिसकेको छ ।

धनगढीबाट लोकान्तरकर्मी जीवन बिष्टको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x