जेठ ११, २०८०
नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको १० ...
तडीको दोगडाकेदार गाउँपालिका–७ भाडिपुछडकी चाँदनी भट्ट साथी भागरथीको हत्यापछि धेरै दिन विद्यालय गइनन्।
उनी, भागरथीले पढ्ने सनातन धर्म माविको कक्षा १२ की छात्रा हुन्। भागरथीले व्यवस्थापन विषयकी छात्रा थिइन्। चाँदनीले स्वास्थ्य विषय लिएकी छिन्। ‘अनिवार्य भएकाले अंग्रेजी बाहेकको कक्षामा भेट हुन्थेन, स्कुल लाग्नु र छुट्ने बेला मात्रै भेट हुन्थ्यो’, चाँदनीले भनिन्, ‘त्यो दिन (भागरथीको हत्या भएको दिन) बिहान स्कुलमा हेलोहाय मात्रै भयो।’ एउटै विद्यालयकी छात्रा भागरथीको हत्या भएपछि चाँदनी जस्तै अन्य छात्रा विद्यालय गएका छैनन्।
सो घटनापछि धेरै छात्रा त्रासमा छन्। दोगडा केदार गाउँपालिका–७ इस्लेककी पूजा भट्टले भनिन्, ‘विद्यालयबाट घर आउने बाटोमै त्यस्तो बीभत्स घटना देखियो, अहिले पनि डर लागिरहेको छ।’ उनी पनि सोही विद्यालयको कक्षा १२ की छात्रा हुन्। सनातन धर्म मावि दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पर्छ।
सो विद्यालय जान चडेपानी गाउँबाट एक घण्टाभन्दा बढी लाग्छ। चडेपानी ठूलो गाउँ हो। त्यहाँ स–साना बस्ती छन्। पोडाडा, पासिमबाटा, तल्लो र मल्लो बर्तोली, तल्लो र मल्लो कोडा, इस्लेक, कतोला, बगौरा, पौडा, कटौजाडी चडेपानी भित्रका स–साना बस्ती हुन्। यी बस्तीका बालबालिका चडेपानीको भूमिराज माविमा कक्षा १० सम्म पढेर माथिल्लो कक्षाका लागि सनातन धर्म माविमा जाने गर्छन्।
चडेपानीका १२ जना सनातन धर्म माविमा अध्ययनरत छन्। तीमध्ये ५ जना छात्रा छन्। ‘घर नजिकै मेलापात गर्ने वनमा यस्तो घटना भएपछि, अझ त्रास भएको छ’, चाँदनीले भनिन्। भागरथीको हत्या भएको स्थान चाँदनीको घरबाट करिब पाँच सय मिटरको दूरीमा छ। त्यो क्षेत्र पूजा र भागरथीले बाख्रा चराउन, घाँसपात काट्ने र दाउरा ल्याउने वन हो। ‘यसअघि यस्तो घटना भएको थिएन। एक्लै पनि विद्यालय जाने र आउने गरिन्थ्यो। तर अहिले एक्लै जान डर लाग्छ’, पूजाले भनिन्, ‘वनमा पनि वस्तुभाउ चराउन गइन्थ्यो, अहिले त्यो घटनाले निकै डर लागेको छ।’ शुक्रबार लोसार र शनिबार सार्वजनिक बिदा भएपछि सनातन मावि आइतबार खुल्यो। चडेपानीका सबै विद्यार्थी पासिमबाटामा भेला भएर मात्रै विद्यालय पुगे। ‘विद्यालय जानुअघि हामी सबै भेला भयौं, अझ दोगडाकेदार गाउँपालिकाका कृषि जेटीए भानदेव भट्टलाई पनि पर्खियौं, अनि समूहमा विद्यालय गयौं र समूहमै घर पनि फर्कियौं’, चाँदनीले भनिन्।
सनातन धर्म माविबाट पाँच मिनेट हिँडेपछि, खोचलेक बजार आउँछ। खोचलेक बजारको केही तल दोगडाकेदार गाउँपालिकाको केन्द्र पनि छ। बैंक तथा वित्तीय संस्था भएकाले बजारमा चहलपहल हुने गर्छ। त्यसपछि भीरकट्या भन्ने डाँडो भएर सिल्ल गाउँ हुँदै लवलेक वनमा पुगिन्छ। खोचलेक बजारबाट लवलेक वनको दूरी झन्डै एक किलोमिटर छ। करिब दुई किलोमिटरको वन क्षेत्र सकिनेबित्तिकै पासिमबाटा भन्ने गाउँ सुरु हुन्छ।
पासिमबाटा भन्ने स्थानबाट चार सय मिटरको दूरीमा भागरथीको हत्या भएको हो। सुरुका दिनमा डरत्रासले गर्दा छोराछोरीलाई विद्यालय नपठाइएको चाँदनीका बुवा नवराज भट्टले बताए। आफ्नै गाउँमा कक्षा १० सम्म मात्रै पढाइ हुने भएकाले छोराछोरीलाई टाढाको विद्यालय पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। विद्यालय जान जंगलको बाटो हिँड्नुपर्ने भएकाले धेरै अभिभावकले कक्षा १० पास गएपछि छोरीको बिहे गरिदिन्छन्। चडेपानी गाउँको भूमिराज विद्यालय २०३९ मा कक्षा ३ सम्म मात्रै पठनपाठन हुन्थ्यो। त्यहाँ २०५० मा कक्षा ५ सम्म, २०५१ सालमा निमावि र २०६४ सालदेखि ९ कक्षाको पढाइ हुन थालेको हो। २०७० पछि मात्रै बालिका खोचलेकको विद्यालय जान थालेका हुन्। भूमिराज विद्यालयका शिक्षक महेशशरण भट्टका अनुसार कक्षा ९ र १० को पढाइ दुई जना राहत शिक्षकले धानेका छन्। अन्नपूर्ण पोस्टममा शिवराज भट्टले खबर लेखेका छन् ।
नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको १० ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पव्रmाउ परेपछि पार्टीभित्र दुई धारको बहस सुरु भएको छ । अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्त...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् । कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । बितेको एक वर्षमा सरकारका १४ वटा ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी तीव्र भएको छ। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि हुन लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू संलग्न छन्।&n...
गत वर्ष सम्पन्न स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउँदा कारबाहीमा परेर जरिवाना तिरेका उम्मेदवारले आफूले दाखिला गरेको राजस्व फिर्...
सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपांग्रे सबारी चालकका हकमा सावधानीसाथ स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...