
नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्रीले नेपालीको धार्मिक आस्थामा खेल्न खोजेको आरोप लगाएका छन् ।
पशुपतिमा गएर पूजा गर्नु सबैको अधिकारको विषय भए पनि त्यसलाई आफ्नो निहित स्वार्थमा प्रयोग गर्ने कुरा स्वीकार्य नभएको उनले बताए ।
'तपाईं जतिबेला होटलमा लुकेर कोरियाबाट आएको एक माताबाट होली वाइन खाँदै हुनुहुन्थ्यो, हामी पशुपतिमा आरती गरिरहेका थियौं,' थापाले भने, 'प्रधानमन्त्री तपाईं मेरो भावनामाथि खेल्न खोज्दैछन् ।'
उनले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा देखाए पनि देश अस्तव्यस्त बनेको आरोप समेत लगाए ।
'समृद्ध नेपाल सुखी नेपाली होइन, सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल,' थापाले भने ।
उनले अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिने विश्वास व्यक्त गरे ।
'अदालतले देखाइदेओस् प्रधानमन्त्रीलाई, तपाईंले राष्ट्रपतिलाई मिलाएको जस्तो अदालतलाई मिलाउन सक्नुहुन्न,' थापाले भने ।