अब कफी, खाजा र मोटरसाइकल एकै ठाउँमा, सौरभ ज्यातिले सञ्चालनमा ल्याए एसजे मोटो

स्याकार ट्रेडिङ कम्पनीका संचालक सौरभ ज्योतिले एस.जे. मोटो सञ्चालनमा ल्याएका छन् । 

एस.जे. मोटोमा सुपरबाइकहरुका साथै नेपालको इतिहास बोकेका केहि ऐतिहासिक मोटरसाइकहरुको संकलन गरिएको छ । 


Advertisement

मोटरसाइकल पारखीहरुले उक्त ठाउँमा सुपरबाइकहरु अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफी र नेपालको संस्कृति झल्कने खानेकुराहरुको पनि आन्नद लिन सक्नेछन् । 

नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित यस एस.जे. मोटोको रिटेल सेक्सन मार्फत ग्राहकहरुले नयाँ तथा रिकन्डिसन सुपरबाइकहरु खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डिसिका सामानहरु समेत खरिद गर्न सकिनेछ ।


Advertisement

मोटोको बारेमा बताउँदै सौरभ ज्योतिले भने,‘विगत २५ वर्षदेखि मैले मेरो रहरहरु संगाल्दै आएको छु । आजको दिनसम्म आइपुग्दा मैले नयाँ प्रविधिमा आधारित मोटरसाइकलहरु र नेपाली इतिहास बोकेका ऐतिहासिक मोटरसाइलहरुमा लगानी गरेको छु । मेरो जस्तै कथा तपाईंहरुको पनि होला, मेरो जस्तै रहर तपाईंहरुको पनि होला त्यसैले तपाईंहरु जस्तै मोटरसाइल पारखीको लागि खुलेको हो एस.जे. मोटो । ”
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्