
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अस्ट्रेलियाका राजदूतहरूले सोमवार आ–आफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमवार आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गरेका हुन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थ अधिकारी लगायतको उपस्थिति थियो ।