सुशान्तको सम्झना गर्दै बहिनी श्वेताले गरिन् भावुक पोष्ट

बलिउड दिवंगत अभिनेता सुशान्त सिंह राजपुतले निधन भएको ८ महिना पुरा भएको छ । अहिले पनि उनको परिवार र फ्यान न्यायको पर्खाइमा छन् ।
सुशान्तकी बहिनी श्वेता सिंह कीर्तिले  सामाजिक संजालमा पोस्ट मार्फत उनको याद गरिरहने गरेकी छन् । अहिले पनि श्वेताले सुशान्तको तस्बिर पोष्ट गर्दै भावुक म्यासेज लेखेकी छिन् ।

श्वेताले सुशान्त मुस्कुराएको तस्बिर शेयर  गर्दै लेखेकी छन्, ‘कहाँ गयौ बेबी ? फर्किएर आउ । अहिले ८ महिना भयो, तिमीलाई देखेको पनि छैन, तिम्रो आवाज पनि सुनेको पनि छैन । प्लीज फर्किएर आउ ।’
फ्यानले उनले पोष्ट गरेको सुशान्तको तस्बिरमा प्रेम बर्साइरहेका छन् ।
सुशान्त १४ जुन २०२०मा बान्द्रा स्थित फ्लाइटमा मृत भेटिएका थिए ।


Advertisement

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्