×

NMB BANK
NIC ASIA

लोकसेवा परीक्षाको अर्को पाटो– कहीँ आवेदन नै पर्दैन, कतै मागिएको संख्या जति पास नै हुँदैनन्

फागुन ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आर्थिक वर्ष २०७६/०७७ मा लोक सेवा आयोगले विभिन्न सेवा समूहमा आन्तरिक, खुला र समावेशीतर्फ कुल १ हजार ३ सय ६० पदका लागि निकालेको ६१ वटा विज्ञापनबाट जम्मा ८ सय ६९ प्रतिस्पर्धी मात्र स्थायी नियुक्तिका लागि सिफारिश भए । त्यसक्रममा ४ सय ९१ पदमा पदपूर्ति हुन सकेन ।

Muktinath Bank

१ हजार ३ सय ६० पद माग भएकोमा लिखित परीक्षाबाट कुल १ हजार ४०७ जना छनोट भएपनि कुल ८ सय ६९ जना मात्र सिफारिश भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा बढी सामान्य प्रशासन र लेखा समूहअन्तर्गत छैठौं तहका अधिकृत पदका लागि खुलातर्फ १२७ जना माग भएकोमा ८८ जना लिखित परीक्षाबाट छनौट भए पनि ८३ जना मात्र सिफारिश भएका थिए ।


Advertisment
Nabil box
Kumari

त्यसपछि छैठौं तहमा फेरि अर्को विज्ञापन हुँदा सोही पदमा ८७ वटा पदका लागि माग भएकोमा २०४ जना लिखित परीक्षामा छनौट भए पनि ८२ जना मात्र सिफारिश भएका थिए । फेरि खुलातर्फ सोही पदमा भएको अर्को विज्ञापनमा ८३ पदमा ७० जना लिखित परीक्षामा छनौट भएपनि ६८ जना मात्र सिफारिश भएका थिए ।

Vianet communication
Laxmi Bank

'खुला तर्फको परीक्षामा आवश्यक पद संख्याअनुसार लिखित परीक्षामा उम्मेदवारले पास हुनका लागि ल्याउनुपर्ने अंक नै नल्याएका कारण कम संख्यामा उम्मेदवार सिफारिश भएका थिए,' लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने ।

त्यसैगरी अन्य विभिन्न समूह तथा तहका लागि भएको विज्ञापनमा माग गरिएको संख्याभन्दा लिखित परीक्षामा बढी उम्मेदवार छनौट भए पनि सिफारिश भने कम संख्यामा भएका थिए ।

आयोगका प्रवक्ता सुवेदीका अनुसार विज्ञापनमा माग गरिएको पद संख्याभन्दा पनि बढी संख्यामा लिखित परीक्षामा उत्तीर्ण भएपनि पछि विषयगत योग्यता नपुगेको अवस्थामा सिफारिश हुन सकेन । जस्तै लिखित परीक्षामा पास भए पनि लेखा समूहका लागि आवश्यक पर्ने लेखा विषयको योग्यता नै नपुगेकाले सिफारिशमा पर्न नसकेको सुवेदीले बताए ।

तर, सोही विज्ञापनमा भने माग गरिएको पद संख्याभन्दा कम संख्यामा लिखित परीक्षामा उत्तीर्ण भएका कारण पनि सिफारिश नभएको उनले बताए ।

'कतिपय अवस्थामा त के देखियो भने लिखित परीक्षामा समेत उत्तीर्ण हुनका लागि चाहिने अंक नल्याएर फेल भएका कारण पनि सिफारिश भएन,' प्रवक्ता सुवेदीले भने ।

लिखित परीक्षामा उत्तीर्ण भए पनिसिफारिशभएनन्

त्यसै विभिन्न १३ वटा विज्ञापनबाट ५३ पदका लागि लिइएका लिखित परीक्षामा ६५ जना उम्मेदवार उत्तीर्ण भएता पनि कुनै पनि उम्मेदवार सिफारिश हुन सकेनन् । यसरी सिफारिश नहुनुका कारणहरूमा अन्तर्वार्तामा उम्मेदवार अनुपस्थित हुनु, आवश्यक न्युनतम योग्यताका कागजात पेश नगर्नु आदि थिए ।

आयोगका अनुसार छैठौं तहका लागि सामन्य प्रशासन र लेखा समूहतर्फ अधिकृत पदका लागि महिलातर्फ १२ पद माग भएकोमा ९ जना लिखित परीक्षाबाट छनौट भए पनि एकजना पनि सिफारिश भएनन् । त्यसैगरी सोही पदमा आदिवासी जनजातितर्फ चारवटा पद माग भएकोमा १५ जना लिखित परीक्षाबाट छनौट त भए तर अन्तिम सिफारिश भने एक जनाको पनि हुन सकेन ।

सोही समूह तथा पदका लागि ४ जना मधेशीतर्फ माग भएकोमा लिखित परीक्षाबाट २ जना छनौट त भए तर सिफारिश भने एक जनाको पनि हुन सकेन । त्यसैगरी पिछडिएको क्षेत्रतर्फ सोही पदमा १ जना माग भएकोमा ३ जना लिखित परीक्षामा छनौट भएको थियो, तर सिफारिश भने कसैको पनि हुन सकेन ।

फेरि सोही समूह तथा तहका लागि महिलातर्फ २० जनाको मागसहित भएको अर्को विज्ञापनमा ११ जना लिखित परीक्षाबाट छनौट भए तर सिफारिश एक जनाको पनि भएन । त्यस्तै आदिवासी जनजातितर्फको अर्को विज्ञापनमा ३ वटा पदका लागि ४ जना लिखित परीक्षाबाट छनौट भएपनि कसैको सिफारिश हुन सकेन । दलिततर्फ २ वटा पदका लागि सोही तहमा ७ जना लिखित परीक्षाबाट छनोट त भए तर एक जनाको पनि सिफारिश भने हुन सकेन ।

त्यस्तै इन्जिनियरिङ समूहतर्फ सिभिलमा १ जना छैठौं तहमा माग हुँदा लिखित परीक्षाबाट ४ जना छनौट भए तर सिफारिश कसैको पनि भएन । सिभिलमै दलिततर्फ १ जना संख्या माग भएकोमा लिखित परीक्षाबाट १ जना उत्तीर्ण भए पनि सिफारिश हुन सकेन ।

विविध समूहअन्तर्गत वातावरण इन्जिनियरतर्फ खुलामा १ जना माग भएकोमा १ जना लिखित परीक्षाबाट छनौट भए पनि सिफारिश हुन सकेन ।

त्यति मात्र होइन, विविध सेवातर्फ वातावरण निरीक्षक पदमा खुलातर्फ २ जना माग भएकोमा लिखिततर्फ १ जना पास भए पनि सिफारिश भने उनको पनि हुन सकेन । फेरि महिलातर्फ प्रशासन, सामान्य प्रशासन र लेखा समूहतर्फ अधिकृत पदका लागि १ जनाको माग भएको अर्को विज्ञापनमा लिखित परीक्षाबाट ३ जना उत्तीर्ण भएर छनौट भए पनि सिफारिश भने कसैको पनि हुन सकेन ।

आन्तरिकतर्फ २८ वटा विज्ञापनमा उम्मेदवारले दरखास्त नै दिएनन्

आर्थिक वर्ष २०७६/०७७मा प्रकाशित निजामती सेवाका ५८३ विज्ञापनमध्ये स्वास्थ्य सेवा तथा सामान्य प्रशासन सेवाका लागि विभिन्न पदमा आन्तरिक प्रतियोगितातर्फ लोक सेवा आयोगले माग गरेको विज्ञापनमा उम्मेदवारले दरखास्त समेत नदिएको पाइएको छ ।

आन्तरिक प्रतियोगिता तर्फका नेपाल प्रशासन सेवाका टाइपिष्ट पदका १३ वटा विज्ञापन र अन्य सेवाका १५ गरी कुल २८ वटा विज्ञापनका विभिन्न पदमा कुनै पनि दरखास्त नै परेनन् । सामन्य प्रशासनअन्तर्गत टाइपिष्टका लागि माग गरिएका १३ वटा विज्ञापनको पद संख्या यकिन नगरिएको भए पनि कुनै पनि उम्मेदवारले दरखास्त दिएनन् ।

अन्य सेवा तर्फ न्याय सेवाका उपसचिव पदका लागि पिछडिएको क्षेत्रबाट माग गरिएको पद संख्या १, स्वास्थ्य मेडिसिन, नेफ्रोलोजीअन्तर्गत प्रमुख कन्सल्टेन्ट नेफ्रोलिजिस्ट १, प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट १, प्रमुख अस्पताल नर्सिङ प्रशासक २, प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट १, इन्जिनियरिङ सर्भेका लागि उपसचिव वा सो सरहको दलित तर्फका पद संख्या १ का लागि दरखास्त नै परेनन् ।

त्यसैगरी कन्सल्टेन्ट नेफ्रोलोजी २, कन्सल्टेन्ट न्यूरोलोजिष्ट २, कन्सल्टेन्ट ग्याँष्ट्रो इन्टेरोलोजिस्ट १, कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट १, कन्सल्टेन्ट निओटेनोलोजिष्ट महिलातर्फ १, कन्सल्टेन्ट प्याथोलोजिष्ट दलिततर्फ १ पदका लागि दरखास्त नै परेन ।

कन्सल्टेन्ट प्रोस्थोडोन्टिष्ट १, कन्सल्टेन्ट कुमारभृत्य चिकित्सक १ र उपप्रमुख माइक्रोबायोलोजिष्ट १ गरी कुल १७ पदका लागि गरिएको विज्ञापनमा त कुनै पनि उम्मेदवारले दरखास्त नै दिएनन् ।

आयोगका प्रवक्ता सुवेदीका अनुसार केही विज्ञापनमा भने पद संख्या यकिन नभएका कारण छनोट नभएको हो ।

त्यसैगरी अन्य स्वास्थ्य सेवातर्फ कुनै पनि उम्मेदवार नै नआएपछि छनौट नभएको उनले बताए । 'विज्ञापन खुला भए पनि स्वास्थ्य सेवातर्फ कुनै पनि उम्मेदवारले दरखास्त नै नदिएका कारण सिफारिश नभएको हो,' आयोगका प्रवक्ता सुवेदीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x