प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथिको सुनुवाइका क्रममा 'एमिकस क्युरी' (अदालतको सहयोगी)का रूपमा राय पेश गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले धारा ७६ र ८५ लाई एक्टिभेट गर्नुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय पेश गर्दै वरिष्ठ अधिवक्ता कार्कीले साइलेन्ट बसेका प्रतिनिधि सभा विघटनसम्बन्धी धारालाई अदालतको व्याख्याले एक्टिभेट गर्नुपर्ने धारणा राखेका हुन् ।
'धारा ७६ र ८५ साइलेन्ट बसेका छन्, यिनीहरूको व्याख्या इजलासले गर्नुपर्छ,' वरिष्ठ अधिवक्ता कार्कीले भने ।
उनले संसद् विघटन चेक एण्ड ब्यालेन्स तथा संविधानको मूल मर्म भएको बताए । एमिकस क्युरीमा ५ सदस्य छन् ।
लोकान्तर संवाददाता