×

NMB BANK
NIC ASIA

कस्तो होला प्रचण्ड-नेपाल पक्षले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्र ?

फागुन ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाको प्रचण्ड-नेपाल पक्षले राजनीतिक दस्तावेजका रूपमा प्रतिबद्धता पत्र लेख्ने सार्वजनिक भएको छ ।

Muktinath Bank

प्रतिनिधि सभा विघटनपछि राजनीतिक रूपमा दुई चीरा भएको नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्व पक्षले छिटै प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको नागरिक समाजले प्रचण्ड-नेपाल पक्षले श्वेतपत्र जारी गर्नुपर्ने माग राखेका थिए । त्यो मागलाई पनि सम्बोधन हुने गरेर प्रतिबद्धता पत्र लेख्नका लागि कार्यदलसमेत गठन भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल बनेको हो । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, वेदुराम भुसाल लगायतका नेताहरू सदस्यका रूपमा रहेका छन् ।

Vianet communication
Laxmi Bank

सदस्य भुसालले प्रतिबद्धता पत्रमा ७/८ वटा विषय समावेश गर्न लागिएको जानकारी दिए ।

उनले लोकान्तरसँग भने, 'हाम्रो सैद्धान्तिक प्रतिबद्धता के हो, चुनावमा हामीले गरेका वाचाहरू के थिए, त्यसलाई सरकारले पूरा गर्यो कि गरेन, आजको परिस्थिति कसरी निम्तियो, अब कसरी अगाडि बढ्ने जस्ता विषयहरू समेटेर प्रतिबद्धता पत्र लेख्न लागेका छौं ।'

नागरिक समाजले माग गरेअनुसारको श्वेतपत्र जस्तै प्रतिबद्धता पत्र हुने उनले बताए । 'राजनीतिक दलको श्वेतपत्र हुँदैन,' भुसालले भने, 'हामीले आगामी कार्यक्रमहरूसमेत समेटेर सबै विषयलाई सम्बोधन गर्ने प्रयास गर्छौं ।'

उनले संघर्ष समितिको बैठकमै प्रतिबद्धता पत्रको कुरा उठेको बताए । 'माघ २८ अघि नै कार्यदल बनेको हो,' भुसालले भने, 'आन्दोलनका कार्यक्रमहरू भएकाले बैठक बस्ने समय मिलेको छैन । अब कार्यदलका साथीहरू बसेर छलफल गर्छौं ।'

नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रतिबद्धता पत्रमार्फत जनतालाई र सडकमा अलग्गै आन्दोलन गरिरहेका शक्तिलाई आश्वस्त बनाउने रणनीति लिएको छ । यसो गरेमा संयुक्त आन्दोलनको माहोल तयार हुने अर्का एक सदस्यले लोकान्तरलाई बताए ।

'अहिले जनताले नेकपाबाट प्रतिबद्धता खोजेको छ, हामीले जनताको चाहनाअनुसार अघि बढ्छौं भनेर आश्वस्त तुल्याउनुपर्ने छ । त्यही अनुसार पत्र सार्वजनिक गरिनेछ । यसो गरेमा आन्दोलनमा आम जनताको विश्वास जित्न पनि सकिने र नागरिक समाजलाई पनि कन्भिन्स गर्न सकिने हामीले ठानेका छौं,' कार्यदलका अर्का एक सदस्यले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x