×

NMB BANK
NIC ASIA

भागरथी हत्या प्रकरणः छिमेकी युवकले पारिवारिक रिसिभीमा हत्या गरेको बयान, न्याय माग्न आन्दोलनमा समेत सहभागी

फागुन ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको दोगडाकेदार गाउँपालिका– कतोला चडेपानीकी १७ बर्षीया भागरथी भट्टको हत्या पछि बलात्कारको अभियोगमा पक्राउ परेका १७ बर्षीय युवकले प्रहरीलाई पारिवारीक पुरानो रिसिभीका कारण हत्या गरेको बयान दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरी स्रोतका अनुसार छिमेकी समेत रहेका १७ बर्षीय युवक दिनेश भट्टले पहिले देखिनै दुबै परिवार बीच झगडा भइरहने भएकाले पुरानो बदला लिनको लागि पहिले देखि नै योजना बनाएर हत्या गरेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घरको पुरानो रिसिभी थियो । त्यसैले पहिले देखि नै बदला दिने योजनामा थिएँ,’ भट्टले प्रहरीलाई बयान दिएको स्रोतले लोकान्तरलाई बतायो ।


Advertisment
Nabil box
Kumari

दिनेशले बलत्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

१७ बर्षीय दिनेशलाई जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएको छ । 

उनलाई आज (बुधवार) ११ बजे प्रहरीले जिल्ला प्रहरी कार्यालय बैतडीबाट सार्वजनिक गर्दै छ । 
 

भागरथीको न्यायको लागि दैनिक आन्दोलनमा सहभागी थिए दिनेश

भागरथीको हत्या भएपछि उनको न्यायको लागि दैनिक दोगडाकेदारमा आन्दोलन भइरहेको थियो । त्यहि आन्दोलनमा न्याय माग्नको लागि सहभागी भएर दिनेशले आन्दोलन गर्ने गरेको प्रहरीले जनाएको छ । 

‘उनी दैनिक आन्दोलनमा सहभागी थिए तर उनको गतिविधि संकास्पद भएकाले निगरानीमा राखेका थियौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

माघ २१ गते घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक सामुदायिक वनमा फेला परेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको थियो । 

पोष्टमार्ट रिर्पोटमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x