×

NMB BANK
NIC ASIA

भागरथी हत्या प्रकरण

भागरथी र अभियुक्त दुवै विद्यार्थी हुँदा शिक्षकहरू स्तब्ध, 'पत्याउँ कसरी, नपत्याउँ पनि कसरी ?'

फागुन ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै गाउँका एक किशोरलाई पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

एउटै विद्यालयमा भागरथीभन्दा तल्लो कक्षमा अध्ययनरत दिनेश भट्ट बलात्कार र हत्या अभियोगमा पक्राउ परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भागरथी र दिनेश दुवैले कक्षा १ देखि १० सम्म गाउँकै भूमिराज माध्यमिक विद्यालयमा पढेका थिए ।


Advertisment
Nabil box
Kumari

उक्त विद्यालयका प्रधानाध्यापक प्रजापति भट्टका अनुसार भागरथीले २०७५ सालमा र दिनेशले २०७६ सालमा एसईई उत्तीर्ण गरेका हुन् ।

Vianet communication
Laxmi Bank

उनका अनुसार भागरथी कक्षामा टप टेनमा पर्ने छात्रा थिइन्।

'अकल्पनीय घटना भयो भनेर म त स्तब्ध थिएँ,' प्रधानाध्यापक भट्टले लोकान्तरसँग भने, 'अब दोषी म हुँ भनेर आफ्नै विद्यार्थी दिनेशले प्रहरीकोमा स्वीकार गरेको सुनें । किन भागरथीको हत्या गर्‍यो होला ? पत्याउँ कसरी, नपत्याउँ पनि कसरी, उसले आफैं प्रहरीसँगको बयानमा स्वीकार गरेको छ।'

दिनेश पक्राउ परेपछि प्रहरीले जन्म मिति कति हो भनेर सोधेको थियो ।

त्यसपछि खोज्दा उनको जन्म मिति २०६१ साल फागुन १० गते रहेको भन्ने बेहोरा सहितको पत्र लेखेर दिएको उनले बताए।

एसईईमा उत्तीर्ण भएको मार्कशीटमा उल्लेख भएको जन्म मिति प्रहरीलाई पठाएको उनले बताए।

सोही विद्यालयका माध्यमिक तहका गणित शिक्षक महेशशरण भट्ट पनि भागरथी हत्या प्रकरणबाट स्तब्ध छन् । 'उक्त घटना अकल्पनीय, विश्वास गर्नै नसक्ने घटना भयो । दिनेशले नै हत्या गरेको होला भनेर यति दिनसम्म हामीले कुनै क्लु नै पाएका थिएनौं,' गणित विषयका शिक्षक भट्टले लोकान्तरसँग भने, 'अब उसले आफैं प्रहरीमा स्वीकार गरेपछि मात्र थाहा भयो कि उसले नै भागरथीको हत्या गरेको रहेछ ।'

विद्यालय पढ्ने बेलामा धेरै दुवै सामान्य विद्यार्थी भएको उनले बताए ।

'भागरथी पढाइमा अलिअलि राम्रो भए पनि दिनेशको भने पढाइमा कमजोर नै थियो,' उनले थपे, '१ देखि १० कक्षासम्म विद्यालय पढ्दा फर्स्ट, सेकेन्ड वा थर्ड कहिल्यै आएनन् । आउने खालका विद्यार्थी पनि थिएनन् । औसत खालका विद्यार्थी थिए।'

विद्यालयमा पढिरहेका बेला दिनेशको उमेर पनि कम नै थियो ।

'केटीलाई जिस्क्याउने वा गलत नजरले हेर्छ कि भन्नेमा हामी कहिल्यै शंका नै गरेनौं, शंका गर्ने कुनै ठाउँ नै नभएका कारण अहिले पनि पत्याउन कठिन त लागेको छ तर उसले स्वीकार गरिसकेपछि किन हत्या गर्‍यो होला भन्ने प्रश्न मनमा उठेको छ,' उनले भने ।

हत्या आरोपमा पक्राउ परेका दिनेश यसअघि विद्यालयमा हुँदा कहिल्यै पनि अनुशासनको कारवाहीमा नपरेको प्रधानाध्यापक भट्टले जानकारी दिए ।

उनीहरूको पारिवारिक विवाद रहेको कुरा पनि आफूहरूलाई थाहा नभएको प्रधानाध्यापक भट्टले बताए । 'घरायसी रूपमा पनि उनीहरू बीच कुनै विवाद थियो भन्ने लागेको थिएन,' भट्टले भने, 'पैसाको उन्मादले मात्तियो भन्नलाई पनि धेरै पैसावाला वा सम्पत्तिवालाको छोरा होइन । उसको बुवाले गाउँमै मजदूरी गर्छन् ।'

एसईई उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि दुवैजना सनातन धर्म उच्च माध्यमिक विद्यालयमा भर्ना भए । भागरथी १२ र दिनेश ११ कक्षामा व्यवस्थापन शंकायअन्तर्गत अध्ययनरत थिए ।

उक्त विद्यालयका प्राचार्य बलदेव नाथले भने भागरथी र दिनेश दुवैका विषयमा विद्यालयका शिक्षकदेखि अन्य विद्यार्थीहरूलाई समेत धेरै कुरा थाहा नभएको बताए ।

'११ कक्षाको पढाइ भर्खर पुसमा पाठ्यक्रम आएपछि शुरू भएको थियो, त्यसमा पनि दिनेश त हाम्रो विद्यालयमा जम्मा ५ दिन मात्र आएका थियो,' प्राचार्य नाथले लोकान्तरसँग भने, 'उसले त फारम पनि भरेको छैन, हामीले भर्ना मात्र गरेका हौं । त्यसैले उसको चालचलन कस्तो थियो, व्यवहार कस्तो थियो भन्ने बारेमा धेरै बुझ्न नै पाएका छैनौं।'

भागरथी १ वर्षअघि कक्षा ११ मा भर्ना भएपनि कोरोना महामारीका कारण विद्यालय नै बढी समय सञ्चालन नभएकाले उनको बारेमा समेत धेरै थाहा नभएको उनले बताए ।

'उनी ११ कक्षामा हुँदा जम्मा १५ दिन जति क्लास लिएकी थिइन् । गत मंसिरमा जाँच दिएर अहिले केही दिनअघि मात्र रिजल्ट आउदा पास भएर १२ मा अध्ययनरत थिइन्,' उनले भने ।

माघ २१ गते विद्यालयबाट फर्किएर घर नपुगेको जानकारी पाएपछि आफूहरूले सोधखोज गरेको उनले जानकारी दिउ ।

'उनी बेपत्ता भएपछि हामीले पनि कहाँ गएकी होलिन् भनेर भागरथीका साथीहरूसँग सोधपुछ गरेका थियौं, तर साथीहरूले पनि केही कुरा थाहा पाएका रहेनछन्, त्यसैले हामी बेखबरजस्तै थियौं,'  प्राचार्य नाथले भने, 'बेपत्ता भएको भोलिपल्ट लबलेक जंगलमा उनको शव प्रहरीले भेटेपछि मात्र थाहा पाएका थियौं ।'

हत्या हुने र हत्या आरोपमा पक्राउ पर्ने दुवैजना आफ्नो विद्यालयको विद्यार्थी हुनु अकल्पनीय कुरा भएको उनको भनाइ छ ।

'विद्यालय समयभित्र हामीले विद्यार्थीलाई हेर्ने हो, विद्यालय समयपछि कुन विद्यार्थीले के गर्छ भन्ने कुरा हाम्रो सरोकारको विषय पनि होइन,' उनले भने, 'दुई-दुई घण्टासम्म पैदल हिँडेर विभिन्न विद्यालयबाट विद्यार्थीहरू यहाँ पढ्न आउने गर्छन् । बाटोमा के गरे वा गरेनन् भन्ने कुरा हामीले थाहा पाउने कुरा पनि भएन।'

भागरथीको हत्या भएपछि विद्यालयले शोक व्यक्त गर्दै माघ २२ गते बिदा समेत दिएको थियो।

घटनाको अनुसन्धान गर्न गाउँमै पुगेर १३ दिनसम्म बसेका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार भागरथी र दिनेश एकै गाउँका मात्र नभएर भट्ट थरका १३ दिने साइनोभित्रका दिदीभाइ हुन् ।

'एकै गाउँ, एकै विद्यालयमा सँगै पढ्ने गरेका, एक कक्षा जुनियर भएपनि बाटो हिँडेर सँगै आउने-जाने बेला दिनेशको मन बिग्रियो र उसले घटना गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,' सुवेदीले लोकान्तरसँग भने, 'राम्री केटी हो भनेर उसको मति बिग्रिएर घटना गराएको देखिन्छ।'

माघ २१ गते विद्यालयबाट फर्किने क्रममा घर नपुगेकी भागरथीको शव २२ गते स्थानीय लबलेक सामुदायिक वनको जंगलमा फेला परेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x