×

NMB BANK
NIC ASIA

नेकपा विभाजन : निर्णय लिन आयोगलाई हम्मेहम्मे, कहिलेसम्म टुंगो लाग्ला आधिकारिकता ?

फागुन ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राजनीतिक रूपमा दुई चिरा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद निरुपण गर्न निर्वाचन आयोगलाई हम्मेहम्मे परेको छ ।

Muktinath Bank

नेकपाको विवादलाई लिएर दिनहुँजसो आयोगमा बैठक बस्ने गरेको छ तर अहिलेसम्म आयोगले कुनै निर्णय लिन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत माघ २० गते पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।


Advertisment
Nabil box
Kumari

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार प्रचण्ड-नेपाल पक्षले आधिकारिकता दाबी गरेको थियो ।

Vianet communication
Laxmi Bank

दलको एउटा पक्षले आधिकारिकता दाबी गर्दै निवेदन दिएको १५ दिनभित्र आयोगले अर्को पक्षलाई जानकारी गराउनुपर्ने हुन्छ । तर यो समाचार टिप्पणी लेख्दासम्म ओली समूहलाई आयोगले पत्र लेखेको छैन ।

ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अहिलेसम्म आयोगले आफूहरूलाई कुनै औपचारिक पत्र नलेखेको दाबी गरे ।

'आयोगले हामीलाई पत्र लेखेर कुनै जानकारी गराएको छैन,' नेम्वाङले लोकान्तरसँग भने ।

आयोग स्रोतले शुक्रवारसम्म केही विशेष निर्णय गरिने जनाएको छ ।

नेकपाको आधिकारिकतालाई लिएर दिनहुँजसो आयोगमा बैठक बस्ने गरेको छ ।

बुधवार भने बैठक बस्ने तयारी नरहेको स्रोतले जानकारी दियो ।

'सरुवा भएर नयाँ सचिव आउँदै हुनुहुन्छ,' आयोग स्रोतले भन्यो, 'उहाँ नआएसम्म बैठक बस्दैन । आज बैठक बस्ने तयारी छैन । बैठक नबसेपछि आज निर्णय हुँदैन ।'

पक्षधरता लिएको आरोप आउन सक्ने भय

पार्टीको आधिकारिकता र चुनाव चिह्नमा नेकपाको दुवै पक्षले आफ्नो दाबी पेश गरिरहेका छन् ।

प्रचण्ड-नेपाल पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत भएकाले आफू नै आधिकारिक नेकपा रहेको दाबी गरेको छ भने ओली पक्षले प्रथम अध्यक्ष र महासचिव आफूतिर रहेको तर्क गर्ने गर्छ ।

दुवै समूहका नेताहरूले सार्वजनिक सम्बोधनमै आयोगलाई घुमाउरो पारामा धम्की दिन छाडेका छैनन् । कुनै एउटा पक्षमा निर्णय गर्दा अर्को पक्षले पक्षधरता लिएको आरोप लगाउने भय आयोगलाई रहेको छ ।

आयोग स्रोत भन्छ – 'हामीमाथि पक्षधरता लिएको आरोप लाग्न सक्नेतिर पनि विचार गरिरहेका छौं । नामभन्दा मुख्यतः हामीलाई चुनाव चिह्नसम्बन्धी निर्णय गर्न गाह्रो भइरहेको छ । केही दिनमा निर्णय गर्छौं । नियम र कानूनको परिधिभित्रै रहेर निर्णय गर्छौं ।'

सूर्य चिह्न फ्रीज गरेर अगाडि बढ्न सकिनेबारे आयोगमा छलफल भइरहेको स्रोतको दाबी छ ।

सूर्य चिह्न फ्रीज गर्नेबारे आयोगमा छलफल भएको हो र भन्ने प्रश्नमा आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने – 'हल्ला र अनुमान गर्न पाइयो तर हामीले कानूनसम्मत ढंगले निर्णय गर्ने हो ।' प्रवक्ता श्रेष्ठले यही शुक्रवारसम्म आयोगले नेकपा विवाद सम्बन्धमा निर्णय गर्ने तयारी गरेको खुलासा गरे ।

'अदालतको फैसला अगाडि नै आयोगको निर्णय '

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटउपर सुनुवाइ चलिरहेको छ ।

मंगलवारदेखि एमिकस क्यूरीले आफ्नो राय दिन शुरू गरेको छ ।

सम्भवतः फागुन १५ सम्म अदालतले फैसला गरिसक्ने अनुमान गरिएको छ ।

अदालतको फैसला नआएसम्म निर्वाचन आयोगले नेकपाको विवाद निरुपण गर्न नखोजेको आरोप लाग्दै आएको थियो ।

तर आयोग स्रोतले अदालतको फैसला नकुर्ने बताएको छ ।

'हामीले अदालतको फैसला कुर्दैनौं,' स्रोतले भन्यो, 'अदालतमा चलिरहेको मुद्दा र हामीले हेर्ने मुद्दा फरक-फरक हुन् । त्यसैले हामीले किन अदालत कुर्ने ?'

होला त चुनाव ?

प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते ताजा जनादेश लिइने घोषणा गरेकी थिइन् ।

चुनाव आउन आजको मितिबाट जम्मा ७२ दिन बाँकी छ । आयोगले निर्वाचनको तयारी गरिरहेको बताएको छ तर नेकपा विवादको निरुपण भने भएको छैन ।

सबैभन्दा ठूलो दल नेकपामा देखिएको विवाद निरुपण नभएसम्म निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्न सकिने स्थिति छैन ।

आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले भने, 'दलको विवाद समाधान नभएसम्म निर्वाचन हुन सक्दैन । सबैभन्दा ठूलो दल नेकपाको एउटा पक्ष सडकमा छ । त्यसैले आयोगको प्राथमिकता दलको विवादलाई निरुपण गर्ने हुनुपर्छ ।'

प्रचण्ड-नेपाल पक्षका नेताहरूले चुनाव हुनै नसक्ने दाबी गरिरहेका छन् ।

नेता राजेन्द्र पाण्डेले भने, 'वैशाखमा चुनाव गर्न पहिलो कुरा त समय पुग्दैन । दोस्रो कुरा दलको विवाद निरुपण नभएसम्म आयोगले निर्वाचनको तयारी नै गर्न पाउँदैन । त्यसैले वैशाख १७ र २७ गते कुनै पनि हालतमा चुनाव हुँदैन ।'

गत सोमवार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावको तयारी नै नगरेको आरोप लगाएका थिए ।

'संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराउनुपर्ने हो तर आयोगले तयारी नै गरेको छैन,' देउवाले भने, 'आयोग संविधानबाहिर जान सक्छ ?'

देउवाले नेकपा विवाद छिटो सल्ट्याउन सुझावसमेत आयोगलाई दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x