×

NMB BANK
NIC ASIA

उपभोक्तालाई ठग्ने पर्सा र बाराका चार उद्योगमाथि मुद्दा

फागुन ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ ।

Muktinath Bank

बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले विगत लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत विक्की राउतले राससलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती उद्योगको उत्पादन गर्ने वस्तुको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएकाले ती उद्योगलाई हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको प्रमुख राउतले बताए । 


Advertisment
Nabil box
Kumari

अहिले कार्यालयमा नयाँ तथा पुराना गरी ६० मुद्दा अनुसन्धानको क्रममा रहेको छ । ती मुद्दाअन्तर्गत तेल, घ्यू र मसलाजन्य पदार्थको मुद्दा बढी रहेको छ । कार्यालयले बारा र पर्साका उद्योग तथा बजारको अनुगमन गरी खाद्य नमूना ५५ वटा र दाना नमूना १० वटा सङ्कलन गरी परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाएको छ । 

Vianet communication
Laxmi Bank

यसैगरी कार्यालयले खाद्य उत्पादन गर्ने उद्योग तथा दाना उत्पादन गर्ने करीब एक सय उद्योगमा स्थलगत निरीक्षण गरेको छ । पर्सा र बारामा रहेका दूध, तेल, मसला र डेरीजन्य उद्योगमा बढी मिसावट देखिएकाले ती उद्योगमाथि निगरानी बढाएको प्राप्त समाचारमा जनाइएको छ । 

सो कार्यालयले हालसम्म आठपटक संयुक्त अनुगमन तथा १२० पटक एकल अनुगमन गरेको छ । पर्सा र बारामा १२ वटाभन्दा बढी डेरी उद्योग रहेको र ती उद्योगले पाउडर मिसाएर दूध बनाउने गरेको, नक्कली घ्यू उत्पादन गर्ने जानकारी आएकाले ती उद्योगमा निगरानी बढाएको छ ।

 करीब २० वटा पानी उद्योग रहेको र तीमध्ये अधिकांश उद्योग नेपाल सरकारको मापदण्डविपरीत सञ्चालनमा रहेको बताइएको छ । उद्योगी फरार रहेकाले कार्यालयसँग भएको पुराना मुद्दा टुङ्गिन नसकेको हो । पर्सा र बारा दुई जिल्ला हेर्ने सो कार्यालयमा एक कार्यालय प्रमुखसहित दुई कर्मचारी मात्र भएको र सवारी साधनको अभावमा नियमित रुपमा अनुगमन हुन नसकेकाले प्राविधिक काम प्रभावित भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x