मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोमवार विश्व स्वास्थ्य संगठनले आफ्नो कोभ्याक्स खोप कार्यक्रमका लागि अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई स्वीकृति दिएको छ । कोभ्याक्स कार्यक्रमले विश्वका गरीब मुलुकहरूलाई समतामूलक पहुँचका आधारमा कोभिड खोपहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।
संसारको सबभन्दा ठूदो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले यसका लागि १ अर्ब १० करोड डोज बनाउने सहमति गरेको छ ।
भारतले आफ्नो उत्पादन क्षमताको उपयोग गर्दै विश्वको औषधालयका रूपमा विश्वव्यापी छवि चम्काउनका लागि आफ्नै पहलकदमी गरिरहेको छ ।
भारतले देशमै निर्माण गरिएका कोरोनाविरुद्धका खोपहरू केही छिमेकीलाई अनि संसारका विभिन्न मुलुकलाई निःशुल्क उपलब्ध गराइरहेको छ ।
भारतले जनवरी महिनामा देशव्यापी खोप कार्यक्रमको आरम्भ गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले खोप मैत्री पहलकदमीको घोषणा गरेका थिए ।
यस पहलकदमी अन्तर्गत भारतका छिमेकी तथा हिन्द महासागरमा रहेका महत्त्वपूर्ण साझेदार मुलुकहरूलाई खोपका डोजहरू उपहारका रूपमा दिइयो । नयाँ दिल्लीको छिमेक पहिलो नीतिअन्तर्गत यसो गरिएको हो । दक्षिण अमेरिकी र क्यारिबियाली मुलुकहरूलाई पनि यसरी खोप दियो ।
नेपाल र बंगलादेश लगायतका मुलुकले उपहारमा पाएका खोप बाहेक अरू खोपका डोज किनेका पनि छन् ।
भारतको विदेश मन्त्रालयका अनुसार, पहिलो दुई सातामा १७ वटा देशमा डेढ करोडभन्दा बढी डोज पठाइएको छ ।
भारत सरकारले लिएको विश्वव्यापी खोप पहलकदमीको देशमा मिश्रित प्रतिक्रिया आएको छ ।
भारतले अहिलेसम्म कोरोनाभाइरसविरुद्धका दुई खोपलाई स्वीकृति दिएको छ ः अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको एस्ट्राजेनेका खोप र भारतीय कम्पनी भारत बायोटेकले बनाएको अर्को खोप ।
भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप अन्य मुलुकमा पठाइरहेको छ । यसलाई कोभीशील्ड नाम दिइएको छ र पुणेमा सिरमले खोप बनाइरहेको छ ।
भारतमै खोप अभियानलाई तीव्रता दिनुको साटो मूल्यवान् खोपका डोजहरू निर्यात गर्नु सही कदम हो कि हैन भनी आलोचकहरूले प्रश्न गरेका छन् ।
भारतमा संसारकै दोस्रो सबभन्दा बढी कोरोना केसलोड छ र उसले अगस्ट महिनासम्ममा ३० करोड मानिसलाई खोप लगाइसक्ने योजना बनाएको छ । अभियानको पहिलो दुई हप्तामा उसले ३० लाख जति स्वास्थ्यकर्मीलाई खोप लगाएको थियो । गर्मी महिनाको लक्ष्य पूरा गर्नका लागि उसले यसलाई थप गतिशील बनाउनुपर्नेछ ।
खोप अभियानमा निजी क्षेत्रलाई सहभागी गर्नका लागि केहीले तर्क गरेका छन् ।
भारतका पूर्व कूटनीतिकर्मी केसी सिंहले अनेकौं ट्वीट गर्दै देश खोप कूटनीतिमा लागेको बताएका छन् जबकि देशमा दिइएको खोपभन्दा बाहिर पठाइएको खोपको संख्या बढी भएको भनी आरम्भिक चरणमा चिन्ता व्यक्त गरिएको थियो ।
तर नेसनल युनिभर्सिटी अफ सिंगापुरमा इन्स्टिच्युट अफ साउथ एसियन स्टडीजका निर्देशक राजा मोहनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि नयाँ दिल्लीले सही कदम चालेको बताए ।
‘दिल्लीले आफूसँग भएको कार्ड उपयोग गर्न राजनीतिक इच्छाशक्ति र कूटनीति सुझबुझ दुवै देखायो,’ उनले बताए ।
‘विगत चार दशकमा भारत विशेष तथा सामान्य औषधि र खोप उत्पादनको प्रमुख केन्द्र बनेको छ । बायोटेक्नोलोजी अनुसन्धान पनि भारतमा बढ्दै गएको छ जसले गर्दा यस्तो पहलकदमी लिनका लागि उसको क्षमता थप बढेको छ,’ उनले भने ।
भारतले खोप कूटनीति अपनाएर आफ्ना छिमेकी नेपाल, बंगलादेश र श्रीलंकासँग बिग्रिएको सम्बन्ध सुधार गर्न सक्छ ।
भारत र नेपालको सम्बन्ध सीमाविवादका कारण यसै वर्षको आरम्भमा बिग्रिएको थियो ।
बंगलादेश र श्रीलंकासँग भारतको सम्बन्ध त्यसैगरी बिग्रिएको छ र यसमा चीन पनि एक कारक तत्त्वका रूपमा रहेको छ ।
तर छिमेकी मुलुकहरूले भारतसँग विवादका बावजूद खोप दिनका लागि पंक्तिबद्ध हुँदा परराष्ट्रनीतिका विश्लेषकहरूले द्विपक्षीय अन्तर्क्रियाका लागि आवश्यक व्यावहारिकता यसबाट झल्किएको विश्वास गरेका छन् ।
‘सामान्यतया सबै छिमेकीलाई भारतसँग कुनै न कुनै समस्या छ,’ मोहनले बताए । यी देशहरूलाई चाहिएको कुरा नयाँ दिल्लीसँग छ र उसले मागबाट फाइदा उठाउन सक्छ ।
‘नयाँ दिल्लीमा नवीन राजनीतिक इच्छाशक्ति रहेको र आफूसँग भएको क्षमतालाई कूटनीतिक उद्देश्यप्राप्तिका लागि सही तरिकाले उपयोग गर्न सकिने यसले देखाउँछ,’ उनले थपे ।
‘अहिलेको नेतृत्वले विदेश मन्त्रालयमा ल्याएको परिवर्तन यही हो,’ मोहन भन्छन् । ‘राम्रो काम गर्ने अवसर पाउनेबित्तिकै विश्वास आर्जन गर्न तपाईं सक्नुहुन्छ ।’
भारतले विश्वव्यापी रूपमा खोप वितरण गरेर विकासशील देशहरूलाई चिनियाँ खोपको विकल्प पनि दिन खोजिरहेको छ । ठूला औषधि उत्पादक कम्पनीहरूसँग अर्बौं अर्बको सम्झौता गर्न नसक्ने मुलुकमा वा खोप आपूर्तिमा बाधाअवरोधको सामना गरेका मुलुकमा बेइजिङले खोपमार्फत पहुँच बनाउन खोजेको छ ।
विगत दुई दशकयता चीनले दक्षिण एसियाका साना मुलुकहरूमा उल्लेख्य उपस्थिति बढाएको छ । ती देशलाई भारतले आफ्नो प्रभावक्षेत्र मान्ने गर्छ । व्यापार, लगानी र संरचना निर्माणमा बेइजिङले नयाँ दिल्लीभन्दा निकै बढी खर्च गर्ने गरेको छ ।
खोप उत्पादनको क्षेत्रमा भारतले अझै पनि शक्ति प्रदर्शन गर्न सक्छ ।
तर खोप कूटनीतिको पहलकदमीमार्फत कमाएको सदाशयले भारतका छिमेकीलाई उसको चासोप्रति लचिलो बनाउने खासै सम्भावना छैन ।
‘रातारात सबैले भारतलाई मन पराउन थाल्छन् भन्ने सोच्नुहुँदैन,’ मोहनले बताए ।
डोयच वलमा प्रकाशित सामग्री
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...