×

NMB BANK
NIC ASIA

बैतडीकी किशोरी भागरथी भट्टको हत्या भएको १४औं दिनमा नेपाल प्रहरीले हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ ।

Muktinath Bank

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भट्टको गत माघ २१ गते हत्या भएको थियो । उनको शव माघ २२ गते स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हत्याको आरोपमा स्थानीय १६ वर्षीय दिनेश भट्ट पक्राउ परेका हुन् ।


Advertisment
Nabil box
Kumari

भागरथीको बलात्कार गरी हत्या भएको हुन सक्ने आशंकापछि स्थानीयमा आक्रोश बढेको थियो ।

Vianet communication
Laxmi Bank

हत्या गरेको कुरा पक्राउ परेका अभियुक्त भट्टले स्वीकार गरेको घटनाको अनुसन्धान गरिरहेका सुदुरपश्चिमका प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।

'हत्या गरेको अभियुक्तले स्वीकार गरेपनि बलात्कार गरेको कुरा साबिती बयानमा उसले स्वीकार गरेको छैन,' डीआईजी सुवेदीले लोकान्तरसँग भने, 'त्यो कुराको पनि अनुसन्धान जारी छ, प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको नमूनाको रिपोर्ट आएपछि खुल्ने छ ।'

भागरथी हत्या प्रकरणका कारण जिल्लासहित देशभरि आमचासो रहेका बेला जिल्लाको सुरक्षा व्यवस्था सम्हालिरहेका प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी प्रमुखसम्मलाई ठूलै तनाव थियो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी घटना भएकै दिनदेखि अपराधीलाई पत्ता लगाएर कानूनी कठघरामा उभ्याउन चौतर्फी दबाब रहेको स्वीकार गर्छन् ।

'स्थानीय राजनीतिक दलदेखि, नागरिक समाज, पीडित परिवार र काठमाडौंस्थित गृह प्रशासनसम्मको एक मात्र दबाब के थियो भने निष्पक्ष तरिकाले अनुसन्धान गरेर दोषीलाई कानूनी कठघरामा जति सक्दो छिटो उभ्याउन सकियोस्,' सीडीओ जोशीले लोकान्तरसँग भने, 'शव फेला परेको दिनदेखि म आफैं पनि प्रायः प्रत्येक दिन घटनास्थल पुगेको छु, यो १४ दिनभित्र करीब ३ दिन मात्र घटनास्थलमा नगएको हो ।'

आफ्नो प्रशासनिक काम सबै गरेर पनि रातको ११ बजेसम्म घटनास्थलमा रहेर काम गरेको उनले बताए ।

'निर्मला पन्तजस्तै अनुसन्धान अन्य कोणतर्फ नमोडियोस् भनेर सचेत थियौं, अपराधी नउम्कियोस् भन्ने कुराको हेक्का राख्नुका साथै जिल्लामा हुने प्रदर्शन उग्र नबनोस् तथा शान्ति सुव्यवस्था कायम रहिरहोस् भनेर सचेत थियौं,' जोशीले भने, 'प्रदेश प्रहरी प्रमुख डीआईजी सा'बको टोली, सीआईबी, जिल्लाका प्रहरीको टोली तथा एसएसपी सा'बको कुल चारवटा टोलीसहित अन्य थुप्रै प्राविधिक टोलीको सहयोगमा अनुसन्धानले सफलता पाएको छ ।'

प्रहरीले अनुसन्धान गर्दै जाँदा अनुसन्धानका सिलसिलामा कुनै पनि किसिमको बाधा व्यवधान नआओस् भनेर गृह प्रशासनले पनि पर्याप्त सहयोग, समन्वय र निर्देशन दिएको उनले बताए ।

'विभिन्न समयमा गृहमन्त्रीज्यूदेखि सचिवज्यूसम्मले फोन गरेर चासो लिनुका साथै आवश्यक सबै सहयोग, समन्वय र निर्देशन समेत दिनुभएको थियो,' सीडीओ जोशीले लोकान्तरसँग भने, 'यहाँका राजनीतिक दलका प्रतिनिधिदेखि पीडित परिवारसम्मलाई यस्तो जघन्य अपराधका अपराधीलाई पक्राउ गर्ने कुरामा आश्वस्त तुल्याउन ठूलो चुनौती थियो । अन्ततः निर्मला पन्त प्रकरण जस्तो हुनबाट जोगिन सफलता पाएका छौं ।'

बैतडी प्रहरी प्रमुख भन्छन्- जिल्लाको सम्पूर्ण ताकत लगाइयो

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी भने भागरथी हत्याकाण्डका अभियुक्त पत्ता लगाउनका लागि जिल्लामा भएका सबै ताकत लगाएको बताउँछन् ।

'प्रदेश प्रहरी प्रमुख समेत रहेका डीआईजी सा'ब आफैं फिल्डमा खट्नु भएपछि हामी त कारिन्दा मात्र हौँ,' डीएसपी अधिकारीले लोकान्तरसँग भने, 'भौगोलिक विकटता, अनुसन्धान गर्नका लागि पुग्नुपर्ने ठाउँहरूको पहिचान तथा रातिको समयमा पानी पर्ने प्रतिकूल मौसमका बावजुद अनुसन्धान गर्न सफल भयौं ।'

सदरमुकाम बैतडीबाट घटना भएको स्थानसम्म पुग्न गाडीमा नै दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले बताए । 'जिल्ला प्रहरी कार्यालयका कुल ३५ वटा युनिट नै चौबिसै घण्टा सक्रिय थिए । अपराधी भाग्न सक्ने सम्भावित अन्तरजिल्ला, नाका भएर भारततर्फ भाग्न सक्ने ठाउँहरूको पहिचान गर्दै तैनाथी गरिएको थियो ।'

नियमित ड्युटी गर्नुपर्ने बाहेक सबै स्ट्रेन्थ लगाइएको उनले बताए । प्रहरीले अनुसन्धान गर्दा कति खर्च भयो भन्ने कुरा हिसाब गर्न बाँकी नै रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x