×

Nic Asia
Dabur
Prabhu Bank

अपराध

भागरथी हत्या प्रकरण : सरकारी वकिल समक्ष दिनेशले भने–बलात्कार पनि गरेको हुँ

भागरथीको घडी झाडीमा फालेको अवस्थामा फेला

काठमाडाैं | फागुन ६, २०७७

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथी भट्टलाई बलात्कार समेत गरेको आरोपी दिनेश भट्टले स्वीकारेका छन् । सरकारी वकिल समक्ष बिहीबार दिएको बयानका क्रममा उनले आफूले बलात्कार समेत गरेको स्वीकारेको स्रोतले लोकान्तरलाई बतायो ।

yONNEX
Frooti
Appy

‘उनले आफ्ना बाबुको रोहवरमा सरकारी वकिललाई दिएको बयानमा बलात्कार गरेको स्वीकारेका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘उनले एक पटक वीर्य स्खलन भएको समेत बताएका छन् । बयानका क्रममा साक्षी बसेका दिनेशका बुबाले छोराले बोलेको कुरा साँचो रहेको भनि सहीछाप गरेको स्रोतको भनाइ छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो । तर उनले हत्या गरेको स्वीकारे पनि बलात्कार गरेकोप्रति भने अस्वीकार गरेका थिए ।

यसअघि पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको रिपोर्ट आएको र प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको किशोरले बलात्कार नगरेको दावी गरेपछि प्रहरीमाथि प्रश्न समेत खडा भएको थियो । यही क्रममा बिहीबारको बयानमा भने उनले बलात्कार गरेको स्वीकारेका हुन् ।


Advertisment
Lokantar App
Saurya island

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने उनले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जङ्गलमा एक्लै भएको मौका छोपेर बलात्कारपछि हत्या गरेको खुलेको हो । भागरथीको हत्या गर्ने पूर्व योजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै उनले घटना घटाएको प्रहरीले बुधबार उनलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।  भागरथी पनि सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा १२ मा अध्ययन गर्ने छात्रा हुन् ।  

यसैबीच प्रहरी आरोपित दिनेशको उमेरको कुरामा प्रहरी अलमल भएको थियो । किटानी जाहेरी दिने भागरथी भट्टका दाजु केशवले आरोपीको उमेर १८ वर्ष भएको बताएका थिए ।

JYOTI
Vianet communication

यसमा अन्योल भएपछि प्रहरीले दिनेशको विद्यालय र वडा कार्यालयलाई उमेर खुलाइदिन भनेपछि विद्यालयले दिनेशको उमेर १८ वर्ष भन्दा कम भएको बताएपछि दिनेशका बुवाको रोहवरमा बयान गराएको प्रहरीले बताएको छ ।

प्रहरीले दिनेशलाई नाबालकको हिसाबमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताइएको छ । नाबालकलाई बयान गराउँदा नजिकका आफन्तको रोहवरमा बयान गराउनु पर्ने कानुनी व्यवस्था छ ।

बयानको क्रममा दिनेशले अर्को एउटा घडीको कुरा पनि बताएका छन् । उनले भागरथीको घडी झाडीमा फालेको लोकेशन पनि बताएका छन् । दिनेशले बताएको लोकेशनमा प्रहरीले घडी समेत बरामद गरेको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १५, २०८०

सकारले आगामी आर्थिक वर्षमा निःशुल्क कम्पनी दर्ता गर्न सकिने सुविधा दिने भएको छ ।​ सोमवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेक...

जेठ १५, २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रहरीमा जाहेरी दिने एक व्यक्ति आफैं फरार अभियुक्तको सूचीमा छन् । ठगीमा परेको भन्दै जाहेरी दिने दाङको तुलसीपुर उपमहानरपालिका– ५ का गजेन्द्र बुढाथोकी आफैं पनि यही प्रकरणमा फरार...

जेठ १५, २०८०

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयत्न स्वरूप बजेट ल्याएको टिप्पणी गरेका छन् ।  आगामी आर्थिक वर्षको बजेट संसद्‍मा प्रस्तुत भएपछि उनले ...

जेठ १५, २०८०

सरकारले आगामी आर्थिक वर्षदेखि देशैभर जग्गाको कित्ताकाट खुला गर्ने भएको छ । यसअघि सरकारले ४ आनासम्मको कित्ताकाट खुला गराउने निर्णय गरेको भए पनि प्राविधिक जटिलता देखाउँदै सार्वजनिक गरेको थिएन । अर्थमन्त्री ...

जेठ १५, २०८०

सरकारले औषधिजन्य प्रयोगका लागि आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । संघीय संसद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको स...

जेठ १५, २०८०

सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने घोषणा गरेको छ । संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सबै संघीय अस्पतालबाट उक्त सेवा प्रदान गर्न व्...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

ad
x