धर्मगुरु ओशोमाथि बनेको एक फिल्म सार्वजनिक हुने तरखरमा छ । अभिनेता तथा सांसद रवि किशन फिल्ममा ओशोको भूमिकामा छन् ।
फिल्मको शीर्षक सिक्रेट्स अफ लभ हो ।
ओशोको बारेमा धेरै अध्ययन नगरेको तर चरित्र निर्वाह गर्नका लाथि थोरबहुत जानकारी लिएको उनले बताए । लकडाउनअघि नै फिल्मको शूटिङ सकिएको उनी बताउँछन् ।
ओशो नरम बोली भएका र अनुहारमा कुनै भाव नल्याइकन सरलतापूर्वक कुरा गर्ने मानिस भएको रविले बताए । निर्देशकलाई उनले सोधेका थिए– मलाई किन ओशोको भूमिकामा लिएको ? निर्देशकले भने– तपाईंको आँखा ओशोको सँग मिल्छ, त्यसैले ।
एजेन्सी