२६ जेठ २०८३, मंगलबार

भुटानमा सर्वोच्च अदालतका न्यायाधीश, शीर्ष सैन्य अधिकारी लगायत पक्राउ

फागुन ७, २०७७
भुटानमा सर्वोच्च अदालतका न्यायाधीश, शीर्ष सैन्य अधिकारी लगायत पक्राउ

भुटानमा अदालत र सेनाको शीर्ष तहका अधिकारीहरूविरुद्धको षड्यन्त्र निस्तेज पार्न भन्दै प्रहरीले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, शीर्ष सैन्य अधिकारी र जिल्ला अदालतका एक न्यायाधीशलाई पक्राउ गरेको छ । 

भुटानको सरकारी पत्रिका कुएनसेलका अनुसार, भुटान प्रहरीले बुधवार सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कुएन्ले छिरिङ अनि पेमागात्शेल जोङखाग प्रशासनिक इकाइका न्यायाधीश येशे दोर्जीलाई पक्राउ गरिएको छ । 

त्यस्तै ब्रिगेडियर थिन्ले तोब्ग्येलाई सेनाप्रमुख (चीफ अपरेसन्स अफिसर) विरुद्ध षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको छ । 

‘केही महिनाअघि पक्राउ परेकी एक महिलाले षड्यन्त्रमूलक सम्बन्धको विवरण खुलाएपछि कथित फौजदारी षड्यन्त्रको कुरा सार्वजनिक भएको हो । स्रोतहरूका अनुसार, पक्राउ परेका तीनजना शीर्ष पद हत्याउन खोजिरहेका थिए,’ रिपोर्टमा लेखिएको छ । 

यस केसलाई बुधवार बिहान थिम्पु जिल्ला अदालत पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्