×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटन प्रकरण

प्रधानमन्त्रीका ८७ वकिलले बुझाए संयुक्त बहस नोट : विघटन कार्यकारिणी अधिकार [पूर्णपाठसहित]

फागुन ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संसदीय प्रणाली अवलम्बन गरिएको मुलुकमा सरकार प्रमुखले आफूलाई अनुकूल लागेको अवस्थामा जहिले पनि संसद् विघटन गर्ने गरी मध्यावधि निर्वाचनमा जान सक्ने जिकिरसहित प्रतिनिधि सभा विघटनको पक्षमा बहस गरेका कानून व्यवसायीहरूले संयुक्त बहस नोट सर्वोच्च अदालतमा पेश गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट बहस गर्न वकालनामा पेश गरेका ८७ वकिलले शुक्रवार सर्वोच्च अदालतमा संयुक्त बहस नोट बुझाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकार प्रमुखले आफूलाई अनुकूल लागेको अवस्थामा जहिले पनि संसद् विघटन गर्ने गरी मध्यावधि निर्वाचनमा जान सक्छ र संसद् विघटनको यो हतियार संसद्मा अनुशासन कायम राख्ने एउटा अचुक उपाय हो,’ संयुक्त बहस नोटमा जिकिर गरिएको छ ।


Advertisment
Nabil box
Kumari

संसदीय शासन प्रणाली अवलम्बन गरिएको मुलुकमा कार्यकारिणी अधिकार प्रधानमन्त्रीमा निहित हुने र उक्त अधिकारविना संविधानको धारा ७४ क्रियाशील हुनै नसक्ने जिकिर पनि बहस नोटमा गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘संविधानको धारा ७४ मा संसदीय शासन प्रणाली अबलम्बन गरी सो प्रणालीका विशेषतालाई स्वीकार गरिएको छ । यस प्रणालीमा कार्यकारिणी अधिकार प्रधानमन्त्रीमा रहन्छ । प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संसदीय प्रणालीको आधारभूत विशेषताभित्र पर्दछ । सो विशेषताबेगर धारा ७४ क्रियाशील हुन सक्दैन,’ ६७ पृष्ठ लामो बहस नोटमा भनिएको छ ।

संविधानको धारा ८५ ले प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष निर्धारण नगर्नुले पनि प्रतिनिधि सभा विघटन हुन सक्ने अवस्थालाई स्पष्ट पारेको प्रधानमन्त्रीका तर्फबाट बहस गरेका कानून व्यवसायीहरूको तर्क छ ।

‘संविधानको धारा ८५ ले प्रतिनिधि सभाको कार्यकालअगावै विघटन हुन सक्ने अवस्थालाई स्पष्ट रूपमा उल्लेख गरेको छ । धारा ८५ ले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष निर्धारण गरेको होइन । यदि रिट निवेदकहरूले माग गरेबमोजिम पाँच वर्षको कार्यकाल हुने हो भने त्यसलाई कार्यकाल नभनी पदावधि शब्दको प्रयोग हुने थियो वा कार्यकाल नै उल्लेख हुँदा पनि अगावै विघटन भएकोमा बाहेक भन्ने शब्द प्रयोग हुने थिएन,’ बहस नोटमा भनिएको छ ।

नेपालले अंगिकार गरेको वेस्टमिनिस्टर प्रणालीमा प्रधानमन्त्रीलाई २ वटा महत्त्वपूर्ण अधिकार रहेको तर्क पनि कानून व्यवसायीहरूले गरेका छन् ।

बहस नोटमा भनिएको छ–

‘वेस्टमिनिस्टर मोडेलको शासनमा दुई कुरा हुने उल्लेख गरेको स्पष्ट छ : क. प्रधानमन्त्रीलाई आफ्नो बहुमत जोगाउन वा नयाँ जनादेश प्राप्त गर्न व्यवस्थापिका विघटन गरी निर्वाचनमा जाने विकल्प हुने । ख. प्रधानमन्त्रीको निर्णय नै मन्त्रिपरिषदको निर्णय हुने ।’

'यसकारण रिट निवेदन खारेजभागी छ'

​२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गर्दाको समयमा जस्तो वैकल्पिक सरकार गठनको दाबीसहित मुद्दा दायर नभएकाले पनि सबै रिटहरू खारेजभागी रहेको जिकिर प्रधानमन्त्रीका वकिलहरूले गरेका छन् । स्मरण रहोस्, त्यतिबेला सर्वोच्चले संसद् विघटनलाई बदर गरिदिएको थियो ।

साथै आगामी वैशाखका लागि निर्धारित निर्वाचनमा दलहरू संलग्न भइसकेको तर्कलाई पनि बहस नोटमा उल्लेख गरिएको छ ।

‘२०७८/०१/१७ र २७ गते निर्धारित निर्वाचनमा दलहरू संलग्न भएको, २०५२ सालको जस्तो कुनै पनि दलले वैकल्पिक सरकार गठनको दाबीसहित मुद्दा दायर नगरेको, राजनैतिक कर्ता अर्थात् राजनैतिक दल वा तिनको संसदीय दलको अनुमति नलिई व्यक्तिगत हिसाबले प्रतिनिधि सभाका केही भूतपूर्व सदस्य तथा असम्बन्धित व्यक्तिहरूले दायर गरेको रिटको औचित्य समेत नभएको हुँदा विपक्षीहरू सबैको रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध गर्दछौँ,’ बहस नोटमा भनिएको छ ।

सकियो बहस

प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथिको बहस शुक्रवार सकिएको छ ।

यसक्रममा बहस गरेका अधिवक्ताहरूलाई आफ्नो बहस नोट पेश गर्न सोमवारसम्मको समय दिइएको छ ।

मुद्दालाई हेर्दाहेर्दैमा राखेर अर्को पेशी फागुन ११ गते मंगलवारका लागि तोकिएको छ ।

हेर्नुहोस्, पूर्णपाठ :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x