नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको पुर्जा वितरण

७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सिन्धुलीमा जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो ।

वर्षौदेखि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पुर्जा नहुँदा समस्यामा परेका जग्गाधनीलाई पुर्जा वितरण गरिएको हो । कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा सुनकोशी–७ मझुवा, तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ, मरिण गाउँपालिका–४ र घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा रहेका गाउँ ब्लकमा रहेका जग्गधनीलाई पुर्जा वितरण गरिएको हो ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्